चीनबाट स्वास्थ्य सामग्री लिएर आइपुग्यो वाइडबडी विमान
चीनको ग्वाङ्झाओबाट स्वास्थ्य सामग्री लिएर नेपाल एयर लाइन्सको वाइडबडी विमान काठमाडौं आइपुगेको छ । बिहीबार स्वास्थ्य सामग्री लिन नेपाल एयरको ए ३३० विमान ग्वाङ्झाओ प्रस्थान गरेको थियो ।
विमान शुक्रबार बिहान तीन बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो । विमानमा निजी क्षेत्रले मगाएको स्वास्थ्य सामग्री लिइएको छ । विमानमा नर्भिक अस्पताल, चौधरी फाउण्डेसन लगायत निजी अस्पतालको सामग्री लिइएको छ ।
तर, विमानले ल्याएको स्वास्थ्य सामग्रीबारे भने खुलाइएको छैन ।