विदेशबाट आउनेको घरमा रातो झण्डा अभियान
दोलखाको मेलुङ गाउँपालिकाले हालसालै विदेशबाट आएका नागरिकको घरमा रातो झण्डा राखेर होम क्वारेन्टाइनमा बस्न आग्रह गर्ने अभियान शुरु गरेको छ ।
संभावित कोरोना भाइरसको जोखिमबाट बच्न यो अभियान शुरु गरिएको गाउँपालिकाले जनाएको छ ।
बिहीबारसम्म गाउँपालिकाका पाँचवटा घरमा रातो झण्डा राखिएको र शुक्रबारसम्ममा विदेशबाट आएका सबैको घरमा रातो झण्डा राख्ने अभियान सकिने अध्यक्ष नरबहादुर श्रेष्ठले जानकारी दिए।
विदेशबाट फर्किएका नागरिक र उनीहरुको परिवारलाई नै सहमत गराएर सामाजिक रुपमा असहज नगराउन छिमेकीहरुलाई समेत सचेत र सहमत गराएर रातो झण्डा राख्ने अभियान अगाडि बढाइएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।
दोलखाको मेलुङ गाउँपालिकाका नौवटा वडामा अहिलेसम्म जापानबाट एक जना, युएईबाट दुई जना, कुवेतबाट एक जना र भारतबाट नौ जना गरी १३ जना विदेशबाट आएको तथ्यांक भेटिएको र खोजी अभियान समेत सँगसँगै अगाडि बढाइएको गाउँपालिका प्रवक्ता हिराकुमार थोकरले बताए।
होम क्वारेन्टाइनमै बसिरहेका विदेशबाट आउनेहरुको स्वास्थ्य अवस्था अहिले राम्रो रहेको र गाउँपालिकाको स्वास्थ्य शाखाले उनीहरुको निरन्तर निगरानी गरिरहेको अध्यक्ष श्रेष्ठले बताए। उनीहरुलाई २१ दिन होम क्वारेन्टाइनमा बस्न आग्रह गरिएको र त्यसपछि उनीहरुको घरबाट रातो झण्डा
सर्मिला बुढाथोकी