खेलकुद विहीबार, चैत २०, २०७६

एसिया कप–२०२७ को आयोजना दावी गर्ने समय बढाइयो

हिमालखबर

एसिया कप–२०२७ को आयोजना दावी गर्ने समय बढाइयो
कोरोना महामारीका कारण एएफसी एसिया कप फुटबल आयोजना गर्ने दावेदारी समय बढाइएको छ । महामारीका कारण सम्पूर्ण खेल गतिविधि बन्द भएकाले दावेदारीको समय पनि बढाइएको एएफसीले जनाएको छ । 
 
एसिया कप २०२७ को आयोजना गर्ने दावीका लागि एएफसीले २० जुनसम्म समय थप गरेको हो । गएको डिसेम्बरमा हङकङमा बसेको एएफसीको बैठकले दावेदारी प्रस्तुत गर्न आग्रह गरेको थियो । तर, महामारीका कारण खेल गतिविधि रोकिएको छ । 
 
महामारीका कारण सन् २०२३ मा चीनमा आयोजना हुने एसिया कप छनोट खेलहरु समेत प्रभावित बनेको छ । महामारीकै कारण घरेलु मैदानमा हुने नेपालको खेल पनि रोकिएको छ । 
 

प्रतिकृया दिनुहोस