सिमानामा नेपाली अलपत्र पारिनु ज्यादै अमानवीयः प्रवक्ता श्रेष्ठ
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सीमानामा नेपालीहरुलाई अलपत्र पारिनु अमानवीय, गैरजिम्मेवार र दु:खद भएको बताएका छन् ।
बिहीबार बिहान ट्वीट गर्दै प्रवक्ता श्रेष्ठले नेपालभित्र प्रवेश गरिसकेका नेपालीहरुलाई अलपत्र पारिन नहुने बताएका छन् । उनले लेखेका छन्, “नेपालभित्र प्रवेश गरिसकेका नेपालीहरुलाई सीमानामा अलपत्र रुपमा खुला बारीमा राखिएको खबर सत्य हो भने ज्यादै अमानवीय, गैरजिम्मेवार र दु:खद हो। उनीहरुलाई क्वारेन्टिनमा राख्न कसैको आदेश चाँहिदेन। तत्काल विशेष क्वारेन्टाइनमा राखौं।”
विदेशमा रहेका लाखौंलाख नेपालीहरुलाई सरकारले अहिलेको सन्दभृमा देशभित्र ल्याउन ब्यावहारिक रुपमा संभव नहुने भन्नुको अर्थ देशभित्र आइसकेकालाई सीमानामै खुला आकाशमुनि राख्नु हुन नसक्ने उनले बताएका छन्। यसलाई संघीय सरकारको नीति हो भनेर कसैले भनेको वा व्याख्या गरेको हुन नसक्ने प्रवक्ता श्रेष्ठले उल्लेख गरेका छन्।
भारत र नेपालको सीमा क्षेत्रमा थुप्रै नेपालीहरु अलपत्र परेको खबर आइरहँदा प्रवक्ता श्रेष्ठले उनीहरुलाई क्वारेन्टाइनमा राख्न सुझाव समेत दिएका छन्।