भारतमा मृत्यु हुनेको संख्या ५० पुग्यो, पाकिस्तानमा २१ सय संक्रमित
दक्षिणी छिमेकी मुलुक भारतमा कोरोना महामारीबाट मृत्यु हुनेको संख्या ५० पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयलाई उदृत गर्दै बीबीसीले मृतक संख्या ५० पुगेको जनाएको छ ।
भारतका विभिन्न राज्यमा फैलिएको महामारीबाट १९६५ जनामा संक्रमणमा देखिएको छ । पछिल्लो १२ घण्टामा मात्रै भारतमा १३१ जनामा कोरोनाको संक्रमण देखिएको छ । संक्रमित मध्ये १५१ जनालाई निको भएको छ । बाँकी संक्रमितको उपचार भइरहेको छ ।
अर्को, मुलुक पाकिस्तानमा संक्रमित संख्या २१२० पुगेको छ । सवैभन्दा बढी पञ्जाब प्रान्तमा संक्रमित देखिएका छन् । त्यहाँ मात्रै सात सय बढी संक्रमित भएका छन् ।
पाकिस्तानमा अहिलेसम्म कोरोना महामारीको संक्रमणबाट २८ जनाको मृत्यु भएको छ ।