बन्दाबन्दी नमाने गोली चलाउन फिलिपिन्सका राष्ट्रपतिको आदेश
फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटर्टेले क्वारेन्टाइनका बेला प्रदर्शन गर्नेमाथि गोली चलाउने आदेश दिएका छन् । हिंस्रक प्रदर्शनमा कोही उत्रिए गोली चलाउन उनले आदेश दिएका हुन् ।
मेट्रो मनिलामा प्रदर्शन भएपछि राष्ट्रपति डुटर्टेले गोली चलाउने आदेश दिएका हुन् । बुधबार राति सम्बोधन गर्दै उनले गोली चलाउन सक्ने आदेश दिएका हुन् । कसैले संघर्ष गरे अथवा सुरक्षाकर्मीको ज्यान खतरामा देखिए गोली चलाउन सक्ने आदेश दिएका हुन् ।
फिलिपिन्समा २३ सय बढीमा कोरोनाको संक्रमण देखिएको छ । त्यस मध्ये ९६ जनाको मृत्यु भइसकेको छ । ३० जनवरीबाटै संक्रमणको पुष्टि भएको फिलिपिन्समा बन्दाबन्दी घोषणा गरिएको छ । फिलिपिन्समा १२ अप्रिलसम्मका लागि बन्दाबन्दी घोषणा गरिएको छ ।
यो अवधिमा सेल्फ क्वारेन्टाइनमा बस्न आग्रह गरिएको छ । तर, यसको विरुद्ध प्रदर्शन भए गोली चलाउन आदेश दिइएको बीबीसीले जनाएकाे छ ।