कोभिड-१९ बुधबार, चैत १९, २०७६

सरकारले सार्वजनिक गर्‍यो कोरोनाभाइरसको उपचार गर्ने अस्पतालको सूची

हिमालखबर

सरकारले सार्वजनिक गर्‍यो कोरोनाभाइरसको उपचार गर्ने अस्पतालको सूची

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस सम्बन्धी उपचार गर्नका लागि सात वटै प्रदेशका लागि छुट्याइएका अस्पतालको सूची सार्वजनिक गरेको छ।

मन्त्रालयले जारी गरेको सूचीमा हरेक प्रदेशमा दुईदुईवटा अस्पतालहरू तोकिएका छन् । त्यस बाहेक मन्त्रालयले काठमाडौंमा रहेका शुक्रराज ट्रफिकल तथा सरूवा रोग अस्पताल, पाटन अस्पताल, सशस्त्र प्रहरी अस्पताल, वीर अस्पताल, आयुर्वेद रिसर्च सेन्टर र नेपाली सेनाको अस्पताल समेत सूचीमा राखेको छ।

मन्त्रालयले निकालेको सूचीमा विभिन्न मेडिकल कलेजको सूची पनि राखिएको छ। वीपी कोइराला विज्ञान प्रतिष्ठान, विराट मेडिकल कलेज, चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्स चितवन, गण्डकी मेडिकल कलेज पोखरा, जानकी मेडिकल कलेज, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, काठमाडौं मेडिकल कलेज, किष्ट मेडिकल कलेज, धुलिखेल अस्पताल, लुम्बिनी मेडिकल कलेज, मनिपाल मेडिकल कलेज, नेशनल मेडिकल कलेज, नेपालगञ्ज मेडिकल कलेज, नोबल मेडिकल कलेज, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, शिक्षण अस्पताल, युनिभर्सल मेडिकल कलेजमा पनि कोरोनाभाइरस सम्बन्धी उपचार गर्न सकिने सूचीमा उल्लेख गरिएको छ।

त्यस्तै, सातै प्रदेशमा रहेका प्रदेशस्तरीय ६३ वटा अस्पतालबाट पनि सेवा लिन सकिने मन्त्रालयले जनाएको छ। जसमा प्रदेश १ का १३ वटा जिल्ला स्तरीय अस्पताल, प्रदेश नम्बर २ का पाँच, बागमतीका १०, गण्डकीका १०, प्रदेश नम्बर ५ का ९, कर्णालीका ८ र सुदुरपश्चिमका ८ वटा अस्पताल परेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको सूची:

 

प्रतिकृया दिनुहोस