ज्यालादारी मजदुर र बिपन्नलाई पनौती नगरपालिकाको राहत प्योकज
काभ्रेको पनौती नगरपालिकाले दैनिक ज्यालादारी मजदुर र अति बिपन्न वर्गलाई राहत प्याकेज घोषणा गरेको छ । बुधबार बिहान बसेको बिपद व्यवस्थापन समितिको बैठकले राहत प्याकेज घोषणा गरेको हो ।
बिहीबारबाटै राहत दिन शुरु गरिने मेयर भीम न्यौपानेले बताए । नगरपालिकाले बन्दाबन्दीको अवधिमा ज्यालादारी मजदुर र अति बिपन्न वर्गलाई कठिनाइ भएकाले राहत प्याकेज ल्याएको जनाएको छ ।
नगरपालिकाले अत्यावश्यक उपभोग्य सामग्री प्याकेजमा वितरण गर्ने भएको छ। दाल, चामल, नुनतेल, चिनी, चिउरा जस्ता उपभोग्य सामग्री बितरण गर्ने भएको हो । सरकारले २५ चैतसम्म बन्दाबन्दी जारी गरेको छ ।