समाचार बुधबार, चैत १९, २०७६

बन्दाबन्दी अवज्ञा गर्ने ३५२ भारतीय नागरिक नियन्त्रणमा

रासस

बन्दाबन्दी अवज्ञा गर्ने ३५२ भारतीय नागरिक नियन्त्रणमा
फाइल तस्वीर

कोभिड–१९ को सङ्क्रमण रोक्न जारी गरिएको देशव्यापी बन्दाबन्दी अवज्ञा गर्ने ३५२ जना भारतीय नागरिकलाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

वीरगञ्ज नाकाबाट भारत जाँदै गरेका पाँच महिला, ११ बालबालिका र ३३६ पुरुषलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

देशको विभिन्न स्थानमा रही काम गर्दै आएका भारतीय नागरिक वीरगञ्ज नाकाबाट भारत जाने क्रममा बिहान १ बजे नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक गौतम थापाले बताए । उनले नियन्त्रणमा लिइएकालाई हाल वीरगञ्जको आदर्शनगरस्थित ठाकुरराम बहुमुखी कम्यापसको एजुकेशन भवनमा राखिएको बताए ।

काठमाडौँ, चितवन, मकवानपुर, पोखरा लगायतका स्थानमा रही काम गर्दै आएका भारतीय नागरिक मालवाहक वाहनमा लुकिछिपी तथा पैदल यात्रा गर्दै वीरगञ्जसम्म आइपुगेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस