खेलकुद बुधबार, चैत १९, २०७६

आईपीएल अक्टोबरसम्म सार्न प्रस्ताव

हिमालखबर

आईपीएल अक्टोबरसम्म सार्न प्रस्ताव

विश्वव्यापी कोरोना महामारीका कारण स्थगित भएको इन्डियन प्रिमियर लिग (आईपीएल) अक्टोबर या नोभेम्बरमा गर्न प्रस्ताव गरिएको छ ।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) ले आईपीएल अक्टोबर या नोभेम्बरमा गर्न प्रस्ताव गरेको हो । २९ मार्च देखि हुनुपर्ने आईपीएल महामारीका कारण स्थगित भएको छ । १५ अप्रिलसम्म स्थगित गरिएको आईपीएल फेरि पनि सर्ने निश्चित भएको छ ।

भारतमा कोरोना रोकथामका लागि २१ दिने बन्दाबन्दी घोषणा गरिएको छ । तर, महामारीको संक्रमण नरोकिएकाले आईपीएल सर्ने निश्चित छ । महँगो फ्रेन्चाइजी आईपीएलमा नेपालका सन्दीप लामिछाने यसपटक पनि दिल्ली क्यापिटलबाट खेल्दैछन् । उनका लागि यो तेस्रो सिजन हो ।

प्रतिकृया दिनुहोस