प्रदेश ५ मा उपलब्ध स्वास्थ्य सामग्री अस्पताललाई वितरण
कोरोनाभाइरस संक्रमण रोकथाम र उपचारका लागि चीनबाट ल्याइएको स्वास्थ्य सामग्रीहरु प्रदेश नम्बर ५ अन्तर्गत विभिन्न स्वास्थ्य संस्था र अस्पतालमा वितरण गरिएको छ ।
२५ हजार थान मास्क प्रदेश नम्बर ५ लाई प्राप्त भएकोमा चारवटा आइसोलेसन अस्पताललाई प्रतिअस्पताल १ हजारका दरले मास्क उपलब्ध गराइएको छ । प्रदेश नम्बर ५ मा भीम अस्पताल भैरहवा, बीपी कोइराला क्यान्सर अस्पताल खजुरा बाँके, र लुम्बिनी प्रादेशिक अस्पताल बुटवल र केन्द्रीय आयुर्वेद विद्यापीठ बेलझुण्डी दाङलाई कोरोनाभाइरसको उपचारका लागि तोकिएको छ ।
त्यसैगरी प्रदेश नम्वर ५ अन्तर्गत पर्ने १२ वटा जिल्ला अस्पताललाई प्रतिअस्पताल ५००, १२ जिल्लाका एम्बुलेन्स चालक तथा सुरक्षाकर्मीका लागि प्रतिजिल्ला तीन सय मास्क वितरण गरिएको छ ।
त्यसैगरी प्रदेशका लागि प्राप्त भएका एन ९५ मास्क ५० वटाका दरले चारवटा अस्पताललाई र १२ वटा अस्पतालमा प्रतिअस्पताल ५ वटाका दरले वितरण गरिएको छ ।
पीपीई गाउन चारवटा अस्पताललाई प्रतिअस्पताल एक सय र जिल्ला अस्पताललाई १० वटाका दरले उलब्ध गराइएको छ ।