२०७७ को वार्षिक क्यालेन्डर सार्वजनिक (सूचीसहित)
सरकारले २०७७ सालको वार्षिक क्यालेन्डर सार्वजनिक गरेको छ ।
क्यालेण्डरमा १ वैशाखदेखि २०७७ को चैत मसान्तसम्मको सार्वजनिक, पर्व बिदा, सट्टा बिदा तथा कार्यालय समय तोकिएको छ ।
राष्ट्रिय रुपमा मुलुकभर सार्वजनिक हुने बिदा दिवस तथा चाडपर्वहरु उल्लेख छ । जस अनुसार बैशाख १ गते नयाँ वर्ष, संविधान दिवस, अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस, महाशिवरात्री, फागूपूर्णिमा र तराइमा खेलिने होली लगायत रहेका छन् ।
गृहमन्त्रालयले राजपत्रमा प्रकाशित गरेको क्यालेण्डरमा पुस २७ गते पृथ्वीनारायण शाहको जन्मजयन्तीलाई राष्ट्रिय रुपमा मनाउने 'राष्ट्रिय एकता दिवस' को रुपमा राखिएको छ । तर सार्वजनिक बिदा नहुने उल्लेख छ ।
विदेशस्थित कुटनीतिक नियोगहरुको हकमा भने सम्बन्धित देशको सार्वजनिक बिदासमेतको आधारमा १८ दिन हुने गरी सार्वजनिक बिदा आफैंले व्यवस्थापन गर्नुपर्ने राजपत्रमा भनिएको छ ।