कोभिड १९ बारे बागमती प्रदेशका मुख्य मन्त्रीको सम्बोधनः ‘घरै बस्नुस्, कोही भोको रहनुपर्दैन’
बागमती प्रदेशका मुख्य मन्त्री डोरमणि पौडेलले कोरोना भाईरस संक्रमण, रोकथाम, नियन्त्रण तथा उपचारका लागि गरेका कार्य र आगामी योजना बारे सम्बोधन गरेका छन् ।
मंगलबार १५ बुँदे सम्बोधन गर्दै कोरोनाको जोखिमबाट बच्न सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् । सम्बोधनमार्फत मुख्य मन्त्री पौडेलले कोरोना रोकथाम तथा उपचार कोष रु. ५० करोडको पु¥याएको पनि घोषणा गरे । मुख्य मन्त्रीको सम्बोधन यस्तो छ :
१. कोरोना भाईरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि बागमती सरकारले रु ५० करोडको कोष स्थापना गरेको छ ।
२. उक्त कोषमा प्रदेश सरकारका मन्त्रीपरिषद्का सदस्यहरु साथै राजनीतिक नियुक्ति प्राप्त सबैले एक महिनाको पारिश्रमिक बराबरको रकम जम्मा गर्ने निर्णय गरिएको छ । विभिन्न राजनीतिक दलबाट प्रतिनिधित्व गर्नुहुने प्रदेश माननीय सदस्यहरुले पारिश्रमिक उपलब्ध गराउने घोषणा गर्दै हुनुहुन्छ । यसैक्रममा नेपाल कम्युनिष्ट पार्टीका बागमती प्रदेससभा संसदीय दलका सम्पुर्ण सदस्यले १५ दिनको पारिश्रमिक उपलब्ध गराउनु भएको छ ।
३. संघीय सरकारले गरेको प्रबन्ध बाहेक हेटौंडाको किटजन्य रोग अनुसन्धान केन्द्र (भिभिडि आरटिसि) मा रहेको ल्याबलाई व्यवस्थित बनाएर कोभिड १९ को परीक्षण गर्ने ब्यवस्था गरेको छ । यसले प्रदेस २ का बासिन्दा समेत लाभान्वित हुनेछन् ।
४. भरतपुर महानगरपालिकासंगको सहकार्यमा प्रदेश सरकारले ७० बेडको छुट्टै कोरोना विशेष अस्पताल संचालन गरेको छ ।
५. प्रदेशका १३ वटै जिल्लामा आइसोलेसन वार्ड तयार भएको छ । २०७६ चैत्र १७ गतेसम्म दुई हजार ७५ क्वारेण्टटाईन बेडहरु छन् । त्यस्तै गरी, ६ सय २३ आईसोलेशन बेड, १ सय ४८ आईसियु बेड, ६ सय ९२ थान पिपिईको प्रबन्ध भईसकेको छ । त्यस्तै, थप १ सय ७२ वटा आईसोलेशन बेड तयारीको क्रममा रहेको छ भने २३ वटा आईसियु बेड समेत तयारीको क्रममा रहेको छ । आईसोलेसनका बिरामीहरुको स्वाब लिई परिक्षणका लागि पठाउन दक्ष जनशक्तिको व्यवस्था गरिएको छ ।
६. साथै, कोरोना संक्रमितहरुको उपचारको लागि कन्सल्ट्याण्ट फिजिसियन ७१, एनेस्थ्योलोजिस्ट ३१, मेडिकल अफिसर २५१, नर्सिङ सुपरभाईजर ३४, स्टाफ नर्स ७१३, हेल्पर÷नर्स सहयोगि ४७५ र ल्याबोरेटरी प्रर्सनल १५७ जना गरी १७ सय १४ जनशक्ति तयारी अवस्थामा राखेका छौं ।
७. हालसम्म प्रदेशका विभिन्न जिल्लाहरुमा माक्स २२ हजार ८ सय थान, ह्याण्ड स्यानिटाईजर १ सय २८ लिटर, पिपिई ७२, प्राटोकल फर्म ६३, इन्फ्रारेड थर्मोमिटर ४४, शु कभर ५ सय १०, क्याप ३ सय १०, ग्लोब्स ६३, गोन मिड्यम २ सय ८५ तथा १ सय ५१ थान ह्याण्डबुक पठाईएको छ ।
८. कोरोना भाईरस संक्रमणका कारण उत्पन्न परिस्थितिमा यस प्रदेशमा अत्यावश्यक वस्तुहरुको आपूर्ति तथा वितरणमा कुनै समस्या नआउने गरी ब्यवस्था गरिएको छ । यस प्रदेशमा चामल ११ हजार २ सय ९० मे.टन र ३२ हजार टन नुन मौज्दात रहेको तथा खाना पकाउने एल्पी ग्याँस ८४ हजार सिलिण्डर मौज्दात रहेको छ भने र यसको विक्रि वितरण र आपुर्ति ब्यवस्था सहज बनाईको छ ।
९. प्रदेश स्तरीय ¥यापिड रेस्पोन्स टिम, उच्चस्तरीय अनुगमन समिति निर्माण गरी अनुगमन एवं विभिन्न प्रचार प्रसार, सूचना संचारका गतिविधिहरुको सञ्चालन भईरहेको छ । २४ घण्टा नै सहायता कक्षको प्रबन्ध गरिएको छ ।
१०. स्थानीय सरकारको समन्वयमा कोरोना संक्रमण नियन्त्रण तथा रोकथामका लागि आवश्यक कार्य गर्न बागमती प्रदेश सरकारले काठमाण्डौं महानगरपालिका, भरतपुर महानगरपालिका र ललितपुर महानगरपालिकालाई २०/२० लाख, हेटौंडा उपमहानगरपालिकालाई १५ लाख, ४१ वटै नगरपालिकालाई १२/१२ लाख, ७४ वटै गाँउपालिकालाई १०/१० लाख र १३ वटै जिल्ला विपद् ब्यवस्थापन समितिका लागि १३ नै जिल्ला समन्वय समिति मार्फत ५/५ लाख रकम विनियोजन गरिएको छ । सो रकम कोरोना संक्रमण रोकथाम, नियन्त्रण एवम् उपचारका लागि आइसोलेसन वार्ड निर्माण तथा क्वारेण्टाईन निर्माण, मेडिकल सामाग्री खरिद, दैनिक जीवनयापन रोकिएका विपन्न ब्यक्ति, परिवार र समुदायलाई राहतका लागि प्रयोग गर्न सक्ने ब्यवस्था मिलाएको छ ।
११. चितवन जिल्लामा भरतपुर महानगरपालिका मार्फत कोरोना विशेष अस्पताललाई १ करोड, चितवनकै रत्ननगर नगरपालिका मार्फत गुञ्जमान अस्पताललाई २० लाख, काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल अस्पताललाई २० लाख रकम तथा स्वास्थ्य सामाग्री एवम् उपकरण उपलब्ध गराई स्वास्थ्य सेवा सञ्चालन गरिएको छ ।
१२. प्रदेशसभाको प्रत्येक निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फबाट निर्वाचित माननीय सदस्यको नेतृत्वमा समानुपातिक निर्वाचन पद्धतिबाट निर्वाचित माननीय, जिल्ला समन्वय समितिका जनप्रतिनिधी, स्थानीय तहका जनप्रतिनिधी, राष्ट्रिय मान्यता प्राप्त दलका सम्बन्धित प्रदेशसभा निर्वाचिन क्षेत्रका प्रतिनिधि समेतको सहभागितामा समन्वय, अनुगमन र एकिकृत ब्यवस्थापन गर्ने ब्यवस्था मिलाएका छौं । सम्बन्धित क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा र राष्ट्रियसभाका माननीयज्यूहरुको सल्लाह र परामर्श लिईनेछ ।
१३. प्रदेश सरकारले आपुर्ति व्यवस्थापन तथा संभावित कालाबजारी नियन्त्रणका लागि साना तथा ठूला बजार अनुगमन, ग्याँस आपुर्तिकर्ता र ग्याँस उद्योगको अनुगमन तथा स्टक चेकजाँच गरिरहेका छौं । मूल्यसूचि सार्वजनिक तथा प्रसारण कार्यलाई कडाईका साथ लागु गरिएको छ । आपूर्ति ब्यवस्थापनको लागि उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय र जिल्ला स्थित घरेलु तथा साना उद्योग कार्यालयमा हेल्प डेक्स संचालनमा ल्याई सेवा प्रवाह गरिरहेको छ ।
१५. बागमती प्रदेशमा यस महामारीको महाविपत्तिमा दैनिक गुजारा चलाउन नसक्ने ब्यक्ति, परिवार र समुदाय स्थानीय तहबाट पहिचान तथा सूचिकृत गरी कोही भोको नरहने गरी संघ, प्रदेश र स्थानीय तहको एकिकृत प्रबन्ध मिलाइनेछ ।
१६. बागमती प्रदेशका सबै जिल्ला, नगर र वडा तहसम्म विपद् ब्यवस्थापन समितिका बैठक भएका छन् र बैठकद्धारा जनप्रतिनिधि एवम् सामाजिक क्षेत्रको पहलकदमीमा कोरोना महामारीको महाविपत्तिलाई सामना गर्न योजनाबद्ध प्रयासहरु संगठित गरिएको छ ।