डच संग्रहालयबाट भिन्सेन्ट भान गगको पेन्टिङ चोरी, इन्टरपोलद्वारा खोजी जारी
कोरोनाभाइरसका कारण विश्वका कयौं मुलुकमा बन्दाबन्दी (लकडाउन) भइरहेका बेलामा विश्वकै चर्चित डच संग्रहालयबाट एउटा आर्ट चोरी भएको छ ।
डच संग्रहालयबाट भिन्सेन्ट भान गगको पेन्टिङ चोरी भएको जनाइएको छ ।
संग्रहालयका अनुसार सोमबार रातको समयमा उक्त पेन्टिङ चोरी भएको थियो ।
अहिलेसम्म उक्त संग्रहालयबाट अरू केही कलाकृतिहरू चोरी भए नभएको बारेमा प्रहरी र डच संग्रहालयबाट थप विवरण सार्वजनिक भएको छैन ।
यद्यपी, अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) ले आफ्ना १९४ वटा सदस्य राष्ट्रहरूलाई सतर्क गराएको जनाएको छ ।