कला/साहित्य सोमबार, चैत १७, २०७६

बन्दाबन्दीमा फेसबुकबाट बालबालिकालाई कथा सुनाउँदै ‘स्टोरी टाइम इन नेपाल’

हिमालखबर

बन्दाबन्दीमा फेसबुकबाट बालबालिकालाई कथा सुनाउँदै ‘स्टोरी टाइम इन नेपाल’

कथालय प्रकाशन गृहले बालबालिका लक्षित फेसबुक लाइभ कथा वाचन गरिरहेको छ । कथालयले ‘स्टोरी टाइम इन नेपाल’नामक फेसबुक पेजबाट ११ चैत्रदेखि हरेक दिन लाईभ गर्दै आईरहेको हो ।

बालबालिकाको लागि साहित्यकार, लेखकले दिउँसोको तीन बजे र पत्रकार तथा कलाकारहरुले हरेक दिन साढे तीन बजे कथा वाचन गरिरहेका छन् । बन्दाबन्दीको समयमा बालबालिकालाई घरमा बस्न दिक्क नहोस् भनेर फेसबुक लाईभ कथा वाचन शुरु गरिएको कथालयका प्रमुखकार्यकारी अधिकृत राजीबधर जोशीले बताए ।

फेसबुक लाईभलाई तीनदेखि चार हजार जनाले नियमित हेरिरहेको उनले बताए । कथालयले कोरोना भाइरस (कोभिड १९)को महामारीबाट बच्नको लागि गरिएको बन्दाबन्दीमा बालबालिकालाई केही समय मनोरन्जन दिनको लागि लाईभ गरि रहेको छ । प्रमुख जोशीले कथालयले आफ्नो सामाजिक उत्तरदायीत्व निभाईरहेको बताए ।

फेसबुक लाईभ नेपालभरका र देश बाहिर हङकङ, बेलायत, अस्ट्रेलियाका बालबालिकाहरुले समेत हेरिरहेको छन् । ‘स्टोरी टाइम इन नेपाल’ को फेसबुक पेजबाट बालबालिकाहरुले बन्दाबन्दीको समयावधिभर अर्थात २५चैत्रसम्म विभिन्न व्यक्तिहरुबाट कथा सुन्न सक्नेछन् ।

यो सातदिनको अवधिमा नौ जना साहित्यकार, लेखक, पत्रकार, कलाकारहरुबाट बालबालिकाहरुले कथा सुनिसकेका छन् ।

 

प्रतिकृया दिनुहोस