समाचार शुक्रबार, चैत १४, २०७६

प्रधानमन्त्री ओली अस्पतालबाट आजै बालुवाटार फर्कने

हिमालखबर

प्रधानमन्त्री ओली अस्पतालबाट आजै बालुवाटार फर्कने
null

बिहिबार राति त्रिवि शिक्षण अस्पताल भर्ना भएका प्रधानमन्त्री कपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएपछि आजै बालुवाटारस्थीत निवास फर्कने भएका छन्।

मुटुको चाल बढेपछि उनलाई बिहिबार राति १०ः३० बजे मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो। अहिले सुधार भइसकेकाले अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको प्रधानमन्त्रीका संचारविज्ञ रामशरण बजगाईंले जानकारी दिएका छन्।

केही दिनदेखि उनले बालुवाटारमा अति आवश्यकबाहेक भेटघाट बन्द गरेका थिए। उनको मिर्गौला प्रत्यारोपणपछिको फलोअप पनि बालुवाटारमै भइरहेको थियो।

उनले बन्दाबन्दी घोषणाका लागि दिएको भिडियो सन्देशमा आफूले आइसोलेसनमै बसेर सरकार चलाइरहेको जनाएका थिए।

प्रतिकृया दिनुहोस