सारथी सहकारी संस्थाले कर्जामा प्रसार दर छुट गर्ने
दोलखा सदरमुकाम चरिकोटमा रहेको सारथी बचत तथा ऋण सहकारी संस्था लि चरिकोटले कोरोना भाइरसका कारण व्यापार व्यवसाय प्रभावित बनेको भन्दै चैत महीनाको कर्जामा लाग्ने प्रसार दर (६ प्रतिशत) मिनाहा गर्ने निर्णय गरेको छ ।
सारथी बचत तथा ऋण सहकारी संस्था लिका अध्यक्ष गोविन्द श्रेष्ठले विज्ञप्ति जारी गर्दै फेन्सी व्यवसायीहरूले व्यवसायीहरूको हितकै लागि सहकारी संस्था सञ्चालन गरेकाले विपद्को समयमा सहकारीमा आबद्ध व्यवसायी सदस्यहरूलाई केही हदसम्म सहयोग पुग्ने भएकाले चैत महीनाको कर्जामा लाग्ने प्रसार दर (करीब ६ प्रतिशत) मिनाहा गर्ने निर्णय भएको अध्यक्ष श्रेष्ठले बताए।
कोरोना भाइरसको त्रास कायमै रहेर देश थप लकडाउन गर्नु पर्ने अवस्थामा गयो भने सहकारीले आफ्ना सदस्यहरूका लागि थप सहयोगको घोषणा गर्न सक्ने अध्यक्ष श्रेष्ठले बताए । सहकारीले २१ चैतसम्म बचत कर्ताले दैनिक खर्च बापत १० हजारमात्र फिर्ता लिन सक्ने र अत्यावश्यक सेवा जुनसुकै बेला दिन सकिने निर्णय गरेको अध्यक्ष श्रेष्ठले बताए।
सर्मिला बुढाथोकी