थप समाचार विहीबार, चैत १३, २०७६

बन्दाबन्दीको वेला तरकारीमा कालोबजारी, धनुषाबाट तीन पक्राउ

रासस

कोरोनाभाइरस (कोभिड-१९) को सम्भावित जोखिम रोकथाम गर्न बन्दाबन्दी लागू भएको मौका छोपेर धनुषामा आलु र प्याजको कालोबजारी गर्ने तीन व्यापारी पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाबाट बजार अनुगमनका लागि खटिएको प्रहरी टोलीले जनकपुरधामको विभिन्न स्थानबाट कालोबजारी गर्ने व्यापारीलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका-४ कदम चोकका ४८ वर्षीय प्रदीप अग्रवाल, वडा नम्बर ४ महावीर चोकका २० वर्षीय अंकित साह र विकासकुमार साह रहेका प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरुको बारेमा थप अनुसन्धान जारी रहेको बताइएको छ।

प्रतिकृया दिनुहोस