विश्वव्यापी काेराेनाभाइरस महामारी

५५९१९७०

हालसम्म संक्रमित

२३६८८६४

निको भएका

३४७९५०

मृत्यु हुनेको संख्या

नेपाल

६८२

जम्मा संक्रमित

११२

निको भएको

मृत्यु

अपडेटः मंगलबार, १३ जेठ २०७७ । १ः०० बजे दिउँसो | स्रोत : worldometers.info/coronavirus

काेभिड-१९
विस्तृत सामग्री

थप समाचार विहीबार, चैत १३, २०७६

कोरोना उपचार कोषमा लक्ष्मी ग्रुपको एक करोड

हिमालखबर

कोरोना उपचार कोषमा लक्ष्मी ग्रुपको एक करोड

सरकारको 'कोरोनाभाइरस संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोष'मा व्यावसायिक घराना लक्ष्मी ग्रुपले रु.१ करोड सहयोग गर्ने घोषणा गरेको छ।

ग्रुपले देशका विभिन्न अस्पतालमा कोरोनाभाइरसको प्रारम्भिक जाँच गर्ने फिभर क्लिनिक स्थापनाका लागि आर्थिक सहयोग गर्ने पनि जनाएको छ। यस्ता क्लिनिकको स्थापनाको लागि ग्रुपले आर्थिक सहयोग उपल्बध गराउने र हेल्थ एट होम प्रालिले कार्यान्वयन साझेदारको रुपमा काम गर्ने विज्ञप्तिमा जनाइएको छ।

फिभर क्लिनिक स्थापनाबाट प्रारम्भिक जाँच हुँदा अस्पतालका आपतकालीन विभाग वा संक्रमण रोकथाम बिभागका स्रोतसाधनलाई संक्रमितहरूको उपचारमा केन्द्रित हुन मद्दत पुग्ने अपेक्षा गरिएको छ।

लक्ष्मी ग्रुपले विपद्को समयमा संस्थागत सामाजिक उत्तरदायित्व परोपकारी कामहरू निरन्तर गर्दै आएको विज्ञप्तिमा उल्लेख छ।

मुलुकमा कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि सम्पूर्णलाई आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न पनि ग्रुपले अपिल गरेको छ।

प्रतिकृया दिनुहोस