शक्तिशालीहरूको करिडोरमा कोरोनाभाइरस
अन्टार्टिका बाहेक कोरोनाभाइरसले न कुनै सीमा भनेको छ, न महाद्वीप नै । यस भाइरसबाट सम्पन्न र शक्तिशालीहरू पनि बाँकी रहेका छैनन् । चाहे ती राष्ट्रिय छवि भएका व्यक्तित्व हुन् वा अन्तर्राष्ट्रिय धेरैमाथि कोरोनाभाइरसले हमला गरि सकेको छ । यसको सबैभन्दा ठूलो प्रभाव इरानमा देखिएको छ । त्यहाँ कम्तिमा पनि एक दर्जनभन्दा बढी उच्च पदस्थ अधिकारी, राजनीतिज्ञ र धार्मिक व्यक्ति कोरोनाभाइरसबाट संक्रमित बनेका छन् भने केहीको ज्यान समेत गएको छ ।
यहाँ त्यस्ता केही व्यक्तिहरूका बारेमा जानकारी प्रस्तुत गरिएको छ:
अस्ट्रेलिया
पिटर डुट्टोन, अस्ट्रेलियाका गृहमन्त्री पिटर डुट्टोनमा अस्पतलमाभर्ना भएपछि कोरोनाभाइरसको संक्रमण देखियो । उनी भर्खरै मात्रै वासिङ्गटनबाट फर्किएका थिए । उनले त्यहाँ महान्यायाधीवक्ता विलियम बार, राष्ट्रपति ट्रम्पकी छोरी इभान्का ट्रम्प र ह्वाइट हाउसका केही अधिकारीसँग भेटघाट गरेका थिए ।
सुसन म्याकडोनाल्ड, क्विन्सल्यान्डको लिब्रल नेसनल पार्टीका सिनेटर सुसन म्याकडोनाल्ड कोरोनाभाइरसको संक्रमण देखिएका अर्का व्यक्ति हुन् ।
एन्ड्य्रु ब्राग, उनी लिब्रल पार्टी अफ अस्ट्रेलियाका न्यु वेल्सका सिनेटर हुन् । ६ मार्चमा उनी उपस्थीत भएको विवाह पार्टीबाट ट्रयास गरेर थप ६ जना कोरोनाभाइरस पोजेटिभ भएका व्यक्तिहरू भेटिएका थिए । त्यससँगै अरू तीन जना संसदका सदस्यहरू पनि उनी सँगै रहेकाले उनीहरूलाई पनि क्वारेन्टिनमा राखिएको छ ।
ब्राजील
फाबियो वानगार्टेन, ब्राजीलका राष्ट्रपति जाइर बोल्सोनारोका प्रेस सचिव फाबियोलाई अमेरिकाको फ्लोरिडास्थित मार-आ-लागो रिसोर्टमा ट्रम्पले आयोजना गरेको डिनरमा सामेल भएर फर्किएको केही दिनमा कोरोनाभाइरसको संक्रमण देखिएको थियो । ब्राजीलका राष्ट्रपतिले १३ मार्चमा उनको परिक्षण नेगेटिभ रहेको बताएका थिए, तर पछि पोजेटिभ भएको पुष्टि भयो ।
अगस्टो हेलेनो, ब्राजीलका राष्ट्रिय सुरक्षा सल्लाहकारले कुनै लक्षण नदेखिदै परिक्षण गराउँदा पनि आफूलाई कोरोनाभाइरसको संक्रमण देखिएको ट्विट गरेका थिए ।
ड्याभी आल्कोलुम्ब्रे, ब्राजीलनको संसदका प्रमुखलाई पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ । यसपछि राष्ट्रपति जाइर बोल्सोनारोको व्यापक आलोचना भइरहेको छ । देशकै विशिष्ट व्यक्तिहरूलाई समेत संक्रमण देखिदा पनि उनले उचित कदम चाल्न नसकेको आरोप उनीमाथि लागेको छ ।
क्यानडा
सोफी जर्जीयो ट्रुडो, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोकी श्रीमति सोफी जर्जीयो ट्रुडोलाई पनि अघिल्लो हप्ता कोरोनाभाइरसको संक्रमण देखिएको थियो । उनीहरू त्यसको केही दिनअघि मात्रै बेलायतबाट फर्किएका थिए । त्यसपछि उनी आफ्ना पतिसँगै १४ दिने सेल्फ आइसोलेसनमा बसेकी छन् ।
यूरोपियन यूनियन
मिचेल बार्नियर, यूरोपियन यूनियनका तर्फबाट ब्रिक्जिटका मुख्य वार्ताकार मिचेल बार्नियरले फ्रान्सको आफ्नै घरबाट भिडियो सन्देशमार्फत आफूलाई कोरोनाभाइरसको संक्रमण भएको खबर सार्वजनिक गरेका थिए । बार्नियरले अन्तिम समय बेलायतको तर्फबाट ब्रिक्जिटका वार्ता टोलीका प्रमुख डेभिड फ्रोस्टसँग भेट गरेका थिए, जहाँ उनीहरूले व्यापार र सुरक्षाको मामलामा बेलायत र यूरोपियन यूनियनबीच सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर समेत गरेका थिए ।
फ्रान्स
फ्रान्क रिस्टर, फ्रान्सका संस्कृति मन्त्री रिस्टरलाई पनि मार्चको सुरुवातमा कोरोनाभाइरसको संक्रमण भएको पुष्टि भएको थियो । कोरोनाभाइरसको संक्रमण देखिने उनी फ्रान्स सरकारका पहिलो मन्त्री हुन् ।
ब्रुन पोर्सन, फ्रान्सका पर्यावरणिय तथा समावेशी साज्यमन्त्रीका सेक्रेटरीलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ ।
साथै फ्रान्सका कयौं राष्ट्रियसभा सदस्यहरूमा कोरोनाभाइरुसको संक्रमण देखिएको छ ।
जर्मनी
फ्रेड्रिक मर्ज, जर्मनीको क्रिस्चियन डेमोक्रेटिक पार्टीका एकजना वरिष्ठ नेतालाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ट्विटरमा एउटा विज्ञप्ति सार्वजनिक गर्दै मर्जले भनेका छन् "मलाई सामान्य लक्षण मात्रै देखिएका थिए ।"
इरान
इरान कोरोनाभाइरसको महामारीबाट सबैभन्दा बढी प्रभावित मुलकमध्ये एक हो । यो इरानका राजनीतिज्ञ, कर्मचारी, प्रशासक र धार्मिक व्यक्तित्वहरूमा पनि निकै तीव्र गतिमा फैलिइरहेको छ । जेरुस्लम पोस्टका अनुसार संसदका कम्तिमा पनि २४ जना सदस्यमा यसको संक्रमण देखा परेको छ । जसमध्ये दुई जनाको मृत्यु नै भइसकेको छ ।
फतेमे रह्बर, तेहरानबाट संसद प्रतिनिधि
मोहम्मेद अलि रामेजानी, गीलानबाट संसद प्रतिनिधि
शान्तिका लागि अमेरिकन संस्थाका अनुसार कोरोनाभाइरसको संक्रमण देखिएका व्यक्तिहरूको सूची यस प्रकार छ:
- इराज हरिर्ची, उप-स्वास्थ्य मन्त्री
- मासौमे एब्तेकार, परिवार तथा महिलामामिला उपप्रमुख
- अलि अकबर भेलायती, सर्वोच्च नेता अलि खामेनीका परराष्ट्र सल्लाहकार
- फतेमे रहबर, तेहरानबाट संसद प्रतिनिधि
- महम्मेद अलि रामेजानी, गीलानबाट संसद प्रतिनिधि
- मोजताबा राहमन्जेदे, तेहरानका स्थानीय मेयर
- महमौद सादेघी, तेहरानका संसद प्रतिनिधि
- मोहम्मद रेजा घादीर, कोम्स स्टेट मेडिकल विश्वविद्यालयका निर्देशक तथा कोरोनाभाइरस नियन्त्रण समितिका प्रमुख
- पिर्होस्सेन कोलिबान्ड, आपतकालिन चिकित्सा सेवा इरानका निर्देशक
- इशक जहन्गीरी, पहिलो उपराष्ट्रपति
- इस्माइल नज्जर, संकट व्यवस्थापन संसंथा इरानका प्रमुख
- मोस्ताफा पोउरमोहम्मदी, पूर्व आन्तरिक मामला तथा कानून मन्त्री
- रेजा रेहमानी, उद्योग, खानी तथा व्यापारी मन्त्री(उनलाई केही सञ्चो भइरहेको छ)
- अलि असघर मौनसेन, सांस्कृतिक संपदा, हस्तशिल्प तथा पर्यटन मन्त्री
- रेसा सलेही अमिरी, राष्ट्रिय ओलम्पिक कमिटी इरानका प्रमुख
- मोजताबा जोन्नौर, संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समिति
- मसौमेह अघपौर अलिशाही, पूर्वी अजरवैजन राज्यबाट संसद प्रतिनिधि
- जोहरे एलाहीन, तेहरानबाट संसद प्रतिनिधि
इजरायल
जेरेमी इसरफ, जर्मनीकाक लागि इजरायली राजदूत इसरफलाई पनि कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखिएको अलजजिराले जनाएको छ । त्यसअघि उनले जर्मनका विधानसभाका एकजना व्यक्तिलाई भेटेको भनिएको छ तर उनको नाम सार्वजनिक गरिएको छैन ।
इटाली
निकोला जिङ्गारेट्टी, गठबन्धन सरकारमा रहेको इटालियन डेमोक्रेटिक पार्टीका प्रमुख जिङ्गारेट्टीलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ ।
रोबेर्टो स्टैला, लोम्बार्डी क्षेत्रका चिकित्सकीय निर्देशक स्टैलाको ६७ वर्षको उमेरमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु नै भएको छ ।
जर्जीयो वालोटी, इटालीको अधिक प्रभावित क्षेत्र लोम्बार्डीको सेनी महानगरका मेयर १३ मार्चमा ७० वर्षको उमेरमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भयो ।
मोनाको
राजकुमार अल्बर्ट, मोनाको प्यालेसले १९ मार्चमा राजकुमार अल्बर्टको परिक्षणमा कोरोनाभाइरसको संक्रमण पोजेटिभ देखाएको जनाएको छ । उनले त्यसको एक दिन पहिलेको एउटा सम्बोधनमा राजकुमार अल्बर्टले कोभिड१९ को संक्रमण रोक्नका लागि पूर्णतया आइसेलोसेन गर्नुपर्ने घोषणा गरेका थिए ।
नर्वे
टोर्ब्जोर्न रोय इसाक्सेन, सामाजिक समावेशी तथा श्रम मन्त्री इसाक्सेनमा पनि उनका उपमन्त्रीमा संक्रमण भएको केही समयपछि देखिएको थियो ।
फिलिपिन्स
सेन जुआन मिगेल जुबिरी, फिलिपिन्सको संसदका सदस्यमा १६ मार्चमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको थियो ।
पोल्याण्ड
जनरल जारोस्लो मिका, पोल्याण्डको सशस्त्र बलका कमाण्डरमा पनि कोरोनाभाइरसको स्करमण देखिएको छ । उनी जर्मनीमा भएको सैन्य कन्फ्रेन्स र यूरो अमेरिकी सैन्य कार्यक्रममा सहभागी भएर फर्पकिएका थिए । उनी अहिले सेल्फ आइसोलेसनमा बसेका छन् ।
मिचेल वोस, पोल्याण्डका वातावरण मन्त्रीले ट्विट गरेर आफूमा कोरोनाभाइरसको संक्रमण देखिएको बताएका छन् ।
स्पेन
बेगोना गोमेज, स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजकी श्रीमती बगोना गोमेजलाई पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ । उनी आफ्ना श्रीमानसहित म्याड्रिडको निवासमा क्वारेन्टाइनमा बसिरहेकी छन् ।
इरेने मोन्टेरो, स्पेनका समानता मन्त्री त्यहाँको क्याबिनेटका कोरोना संक्रमित पहिला व्यक्ति हुन् । अहिले उनी जीवन साथी पोडेमस पार्टीका नेता तथा उपप्रधानमन्त्री पाब्लो इग्लेसियससँग क्वारेन्टाइनमा छन् ।
जावियरओर्टेगा स्मिथ, फार राइट भक्स पार्टीका महासचिव स्मितलाई १० मार्चमा कोरोनाभाइरस पोजेटीभ देखिएपछि संसदको तल्लो हाउसबाट सस्पेन्ड गरेको छ । र उक्त पार्टीका सबैलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ । पोलिटिकोका अनुसार उक्त पार्टी वरिष्ठ नेता सान्टआगो अबास्कललाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
क्विम टोर्रा, स्पेनको क्याटोलिना क्षेत्रका एक जना नेता टोर्रामा पनि कोरोनाभाइरसको संक्रमण देखिएपछि उनी सरकारले बनाएको आइसोलेसन वार्डमा बसेका छन् ।
पेरी अर्गोनेस, क्याटालनका सरकार उपप्रमुखलाई पनि कोरोनाभाइरुसको संक्रमण पुष्टि भएको छ ।
यूक्रेन
सेर्हिय शाकोभ, युक्रेनको संसदका सदस्य शाकोभले आफूलाई संक्रमण नरहेको बताएका थिए । तर त्यसको केही समयपछि उनीलाई संक्रमण रहेको पुष्टि भएको थियो । उनी आफैले फेसबुकमा भिडियो हालेर यसलाई स्वीकारेका थिए ।
यूके
प्रिन्स चार्ल्स, बेलायतका डचेच अफ कोर्नवेल राजकुमार चार्ल्सलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ । उनी अहिले राजकुमारीसँग सेल्फ आइसोलेसनमा बसेका छन् ।
नदिन डोर्रीज, स्वास्थ्य मन्त्री नदिन बेलायतका पहिला राजनीतिज्ञ हुन् जसलाई कोरोनाभाइरसको संक्रमण भएको छ । उनको संक्रमण आफ्नै ८४ वर्षीया आमालाई पनि सरेको सञ्चार माध्यमले जनाएका छन् ।
संयुक्त राष्ट्र संघ
डेभिड बिस्ले, संयुक्त राष्ट्र संघको विश्व खाद्य कार्यक्रममा कार्यकारी निर्देशक डेभिडलाई १९ मार्चमा कोरोनाभाइरसको संक्रमण भएको पुष्टि भएको हो । सेल्फ आइसोलेसनमा बसेका उनी अहिले विश्व महामारीको संकटसँग लड्नका लागि घरबाटै काम गरिरहेका छन् ।
अमेरिका
रान्ड पाउल, केन्टुकी रिपब्लिकन तथा अमेरिकी सिनेटर पाउल कोरोनाभाइरसको संक्रमण देखिएका अमेरिकाका पहिला राजनीतिज्ञ हुन् । संसदका अरू सदस्यहरू उनले बेलैमा क्वारेन्टाइनमा नबसेका कारण थफ संक्रमण फैलिएको हुनसक्ने भन्दै उनीसँग आक्रोशित बनेका छन् ।
मारियो डिआज बलार्ट, फ्लोरिडाका रिपब्लिकन प्रतिनिधिलाई पनि १८ मार्चमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
बेन म्याकअडाम्स, डेमोक्रेट पार्टीका सीनियर प्रतिनिधि बेनलाई पनि कोरोनाभाइरसको संक्रमण देखिएको छ
हेलेन विन्स्टेइन र चार्ल्स बार्रोन, न्यूयोर्क राष्ट्रियसभा सदस्यहरू पनि कोरोनाभाइरसको संक्रमण पुष्टी भएको छ ।
ब्रान्डोन बिच, जर्जीयका स्टेट सिनेटरलाई १० मार्चमा कोरोनाभाइरसको संक्रमणको पुष्टि भएको छ ।
फ्रान्सिस सुवारेज, मियामीका मेयर सुवारेजलाई गत हप्ता कोरोनाभाइरसको संक्रमण देखिएको छ ।
साभार: फरेनपोलिसी
अनुवाद: दिपेश शाही