विश्वव्यापी काेराेनाभाइरस महामारी

५५९०३५८

हालसम्म संक्रमित

२३६६५७४

निको भएका

३४७९०७

मृत्यु हुनेको संख्या

नेपाल

६८२

जम्मा संक्रमित

११२

निको भएको

मृत्यु

अपडेटः मंगलबार, १३ जेठ २०७७ । १०ः१५ बजे बिहान | स्रोत : worldometers.info/coronavirus

काेभिड-१९
विस्तृत सामग्री

समाचार विहीबार, चैत १३, २०७६

रौतहटमा करीब पाँच सय बेड तयारी अवस्थामा, क्वारेन्टिनमा पुगे ३५ जना

हिमालखबर

रौतहटका विभिन्न स्थानीय तहमा करीब पाँच सय बेडका क्वारेन्टिन तयारी अवस्थामा पुगेको छ ।

जिल्लाको गरुडा नगरपालिकामा १०, गौर र राजदेवी नपाले ९०, चन्द्रपुर, वृन्दावन, गुजरा र गढीमाई नपाले ८० बेड तयार गरेका छन् ।

यसैगरी दुर्गा भगवती गाउँपालिकाले ३०, माधवनारायण नपाले ५०, फतुवा विजयपुर नपाले १५, राजपुर नपाले २९, परोहा नपाले २५, बौधीमाई नपाले १००, देवाहीगोनाही नपाले ४० र इशनाथ नपाले ३० गरी ४९९ बेड तयारीको अवस्थामा रहेको छ ।

अधिकांश क्वारेन्टिन बेड तयारी अवस्थामा रहेका र केही बेड एक दुई दिनमा तयार हुने प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताएका छन् ।

यसैबीच रौतहटको इशनाथ नपाको क्वारेन्टिनमा एकजना, राजपुर नपाको क्वारेन्टिनमा दुईजना, चन्द्रपुर र गौरको क्वारेन्टिनमा १६ जना गरी जिल्लाका क्वारेन्टिनमा ३५ जना रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी रविराज खड्काले बताएका छन् ।

क्वारेन्टिनमा रहेकामध्ये अधिकांश भारतबाट विभिन्न समयमा आएका हुन् ।

सञ्जय मित्र, रौतहट

प्रतिकृया दिनुहोस