थप समाचार विहीबार, चैत १३, २०७६

कोरोनाभाइरसबारे अफवाह फैलाउने २२ अनलाइन पोर्टलबाट काउन्सिलले माग्यो स्पष्टीकरण

हिमालखबर

कोरोनाभाइरसबारे अफवाह फैलाउने २२ अनलाइन पोर्टलबाट काउन्सिलले माग्यो स्पष्टीकरण

कोरोनाभाइरस (कोभिड-१९) सँग सम्बन्धित प्रकाशित, प्रसारित समाचारमा प्रेस काउन्सिल नेपालले विशेष अनुगमन थालेको छ।

कोरोना भाइरस संक्रमण सम्बन्धमा अफवाह फैलाई जनजीवन त्रस्त पार्ने सामग्री सम्प्रेषण हुन थालेपछि आचारसंहिता पालनामा झन् कडाइ गरिएको काउन्सिलले बताएको छ।

काउन्सिलको अनुगमनको क्रममा १० चैतमा २१ वटा र ११ चैतमा एउटा अनलाइन न्यूज पोर्टललाई पत्राचार गरी २४ घण्टे स्पष्टीकरण मागेको छ ।  

त्यस्तै, दर्ता नभएका र सूचीकरण नगरिएका ५ वटा अनलाइनलाई नेपालमा नखुल्ने बनाइएको पनि काउन्सिलले जनाएको छ। काउन्सिलका अनुसार, दैनिक ७ जनाका दरले कार्यालयमा उपस्थित भएर र बाँकी कर्मचारीले घरघरबाटै अनुगमन गर्ने गरिएको छ।

नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिलले अहिलेको संवेदनशील समयमा सबै सञ्चार माध्यमलाई सत्यतथ्य, आधिकारिक समाचार सामग्री प्रकाशन तथा प्रसारण गर्न आग्रह गर्दै आचारसंहिता नै जारी गरेको छ।

प्रतिकृया दिनुहोस