थप समाचार विहीबार, चैत १३, २०७६

न्यूयोर्कका अस्पताल बाहिर टेन्टका मुर्दाघर

हिमालखबर

न्यूयोर्कका अस्पताल बाहिर टेन्टका मुर्दाघर
न्यूयोर्कको भेलेभु अस्पतालबाहिर बनाइएका टेन्टका मुर्दाघर। तस्वीरः सीएनएन

अमेरिकाको न्यूयोर्कमा अनियन्त्रित रुपमा कोरोना भाइरस फैलन थालेको छ। त्यहाँका अस्पतालमा बेड अभाव हुन थालेको छ।

संभावित आवश्यकता पूर्तिका लागि भन्दै अस्पतालबाहिर टेन्टका मुर्दाघर बनाइन थालेको छ। अस्पतालबाहिर रेफ्रिजेरेटर सहितका ट्रक पनि राखिएका छन्।

अमेरिकामा २४ घन्टामै कोरोना भाइरसबाट १० हजारलाई संक्रमण फैलिएको छ। पछिल्लो समय सबैभन्दा बढी संक्रमित न्यूयोर्कमा भेटिएका छन्।

अहिले न्यूयोर्कमा आपतकालीन अस्पतालहरु बनाइन थालेको छ। चिकित्सकहरुले थप सावधानी नअपनाए ‘अमेरिका इटाली बन्ने’ चेतावनी दिएका छन्।

न्यूयोर्क राज्यका ३० हजार ८११ मानिसमा कोरोना पुष्टि भएको छ । यीमध्ये १७ हजार ८५६ जना न्यूयोर्क शहरका बासिन्दा हुन्।

अमेरिकामा अहिलेसम्म ६६ हजार १३२ कोरोना भाइरसका संक्रमित भेटिएका छन्। जसमध्ये ९४७ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।

प्रतिकृया दिनुहोस