विश्वव्यापी काेराेनाभाइरस महामारी

५५९०६७१

हालसम्म संक्रमित

२३६७५८९

निको भएका

३४७९२२

मृत्यु हुनेको संख्या

नेपाल

६८२

जम्मा संक्रमित

११२

निको भएको

मृत्यु

अपडेटः मंगलबार, १३ जेठ २०७७ । १२ः०० बजे मध्याह्न | स्रोत : worldometers.info/coronavirus

काेभिड-१९
विस्तृत सामग्री

समाचार विहीबार, चैत १३, २०७६

ज्येष्ठ नागरिकलाई विशेष ध्यान दिन महासंघको आग्रह

हिमालखबर

ज्येष्ठ नागरिकलाई विशेष ध्यान दिन महासंघको आग्रह

राष्ट्रिय ज्येष्ठ नागरिक महासंघले कोरोनाभाइरसको संक्रमणबाट ज्येष्ठ नागरिक अझ बढी जोखिममा हुने भन्दै उनीहरूको विशेष ख्याल गर्न सार्वजनिक अपिल गरेको छ ।

कोरोनाभाइरसको संक्रमणबाट नेपाल पनि उच्च जोखिममा रहेकाले ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र दीर्घ रोग भएका व्यक्तिहरू झन् खतरामा पर्ने भन्दै उच्च सतर्कता अपनाउन सरकारलाई महासंघले आग्रह गरेको हो ।

महासंघका महासचिव छत्रबहादुर प्रधानले उनीहरूका लागि उच्च सतर्कता अपनाउन र आवश्यक सेवा सुविधा उपलब्ध गराउन सरकारका सम्पूर्ण निकाय एवं निजी संघसंस्थाहरू समक्ष १० बुँदे अपिल जारी गरेका छन् ।

यस्तो छ महासंघको अपिल:

१. कुनै आकस्मिक कामको सिलसिलामा बाहेक अन्य अवस्थामा ज्येष्ठ नागरिकलाई घर बाहिर निस्कन नदिने ।

२. सकेसम्म ज्येष्ठ नागरिकलाई छुट्टै कोठामा राखी आवश्यक खान पान, सरसफाई सहित नियमित औषधी सेवन गराई विशेष स्याहार सुस्याहार गर्ने वातावरण सृजना गराउने ।

३. नेपालको संविधानको धारा ४१ को “विशेष संरक्षण” प्रावधान अनुरूप राज्यले ज्येष्ठ नागरिकलाई आवश्यक सर्जिकल मास्क, स्यानिटाइजर, हात धुने साबुन निःशुल्क रूपमा स्थानीय सरकार, नगरपालिका, गाउपालिका र वडा कार्यालय मार्फत उपलब्ध गराउने व्यवस्था मिलाउने ।

४. संचालित विद्धाश्रममा आश्रित ज्येष्ठ नागरिकहरूलाई सकेसम्म संयुक्त रूपमा नराख्ने, एकै ठाउमा भेला हुन नदिने, केही समयका लागि नियमित भजन कीर्तन, सामूहिक योगा जस्ता क्रियाकलाप रोक्ने, एकै पटक भिड गराएर खाना नखुवाउने, प्रत्येक ज्येष्ठ नागरिकले प्रयोग गर्ने भाडाकुडा (थाल, कचौरा, गिलास र चम्चा) आ–आफ्नो छुट्टाछुट्टै राख्ने व्यवस्था मिलाउने, खाना पकाउने भान्छे, खाना बाँड्ने सहयोगीहरू र स्याहारकर्ताहरूलाई अनिवार्य मास्क प्रयोग गर्न लगाई राम्ररी हातमुख सावुन पानीले सफा गर्न लगाउने र सकेसम्म एक अर्कालाई सिधै सम्पर्क हुन नदिने जस्ता व्यवस्था मिलाई ज्येष्ठ नागरिकको स्याहार सुसार गर्न लगाउने र ज्येष्ठ नागरिकलाई छुट्टाछुट्टै कोठामा राख्ने व्यवस्था मिलाउने ।

 तर स्याहारकर्तालाई कुनै संक्रमण देखिएमा उनीहरूलाई ज्येष्ठ नागरिकको स्याहारसुसार गर्न नलगाउने ।

५. संचालित वृद्धाश्रमहरूमा आश्रित ज्येष्ठ नागरिकको नियमित चेक जाँच गर्न र उनीहरूको अवस्था बुझ्न आवश्यक उपकरण सहित आ–आफ्नो नगरपालिका वा गाँउपालिकाद्वारा संचालित नगर स्वास्थ्य केन्द्रका स्वास्थ्य कर्मचारीलाई खटाउने ।

६. ज्येष्ठ नागरिकलाई रुघा, खोकी एवं चिसोबाट बच्न, घरेलु खानपान ज्वानु, अदुवा, बेसार पानी नियमित सेवन गर्न लगाउने ।

७. यदि रुघा, खोकी लागिरहने, घाँटी दुख्ने, ज्वरो आईरहने र स्वास फेर्न गाह्रो हुने जस्ता समस्या देखा परेमा नजिकको अस्पतालमा सम्पर्क गर्ने । तर रुघा खोकी अरु कारणले पनि हुन सक्दछ, तसर्थ अनावश्यक त्रासमा आई अस्पतालमा भीड नगर्ने र अफबाहमा नलाग्ने ।

८. संक्रमित ज्येष्ठ नागरिकको उपचार र हेरचाहतर्फ प्राथमिकता दिई विशेष व्यवस्था मिलाउने ।

९. सरकारद्वारा आधिकारिक रुपमा जारी सूचना लाई मात्र आधार मानी आवश्यक थप उच्च सतर्कताका विधिहरू अपनाउने ।

१०. सबै दिवा सेवा केन्द्र केही दिनको लागि बन्द गर्ने वा गर्न लगाउने । महासंघका अध्यक्ष मदनदास श्रेष्ठले यी कुराहरुको बारेमा सरकार तथा सरोकारवाला निकायहरुलाई पनि जानकारी गराइसकेको बताए । उनले भने, “माथि उल्लिखित व्यवस्था सम्वन्धित निकायबाट गर्न गराउन र यसको निरन्तर अनुगमन एवं निगरानी राख्न सामुदायिक प्रहरीलगायत राज्यका अंगहरू परिचालन गर्ने र सरकारद्वारा ज्येष्ठ नागरिको हितको लागि छुट्टै सूचना दिने व्यवस्था गर्नुपर्छ ।”

 

प्रतिकृया दिनुहोस