थप समाचार बुधबार, चैत १२, २०७६

कोरोना महामारीः स्पेनमा पनि चीनमा भन्दा बढी मृत्यु

हिमालखबर

कोरोना महामारीः स्पेनमा पनि चीनमा भन्दा बढी मृत्यु

विश्वव्यापी महामारीको रुप लिएको कोरोना (कोभिड–१९) संक्रमणबाट स्पेनमा तीन हजार चार सय बढीको मृत्यु भएको छ ।

एकै दिन ४४३ जनाको मृत्यु भएपछि स्पेनमा मृत्यु हुनेको संख्या चीन भन्दा बढी भएको छ । गएको डिसेम्बरमै संक्रमण देखिएको चीनमा मृत्यु हुनेको संख्या तीन हजार दुई सयमै सीमित भएको छ ।

तर, छोटो अवधिमै स्पेनमा मृतक संख्या अत्याधिक बढेको छ । स्पेनमा ४७ हजार बढी संक्रमित छन् भने एक हजार बढी बिरामी बिरामी छन् ।

संक्रमणको संख्यामा स्पेन भन्दा बढी अमेरिकामा देखिएको छ । गएको १ मार्चमा पहिलो केस भेटिएको अमेरिकामा ५५ हजार बढीमा संक्रमण देखिएको छ । अमेरिकामा मृतक संख्या आठ सय नजिक पुगिसकेको छ ।

सवैभन्दा बढी प्रकोप भने इटालीमा देखिएको छ । इटालीमा मृतक संख्या सात हजार नजिक पुगेको छ भने निको हुनेको संख्या आठ हजार छ । इटालीमा अहिलेसम्म ६९ हजारमा संक्रमण देखिएको छ ।

विश्वभर फैलिएको कोरोना संक्रमणबाट चार लाख चालीस हजार संक्रमित भएका छन् भने १९ हजार सात सयको मृत्यु भइसकेको छ । संक्रमित मध्ये एक लाख १२ हजार निको भएका छन् । निको हुनेको संख्या सवैभन्दा बढी चीनमा छ । ८१ ह्जारमा संक्रमण देखिएको चीनमा ७३ हजार बढी निको भइसकेका छन् भने जम्मा चार हजार बिरामी छन् ।

कोरोनाको संक्रमण तीव्रतर फैलिएपछि नेपाल, छिमेकी मुलुक भारत, यूरोपेली मुलुकहरुमा बन्दाबन्दी (लकडाइन) गरिएको छ ।

प्रतिकृया दिनुहोस