थप समाचार बुधबार, चैत १२, २०७६

भारतमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या १० पुग्यो

हिमालखबर

भारतमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको संख्या १० पुग्यो

भारतमा कोरोना भाइरस (कोभिड-१९) संक्रमित बिरामीको संख्या ६ सय नाघेको छ।

त्यहाँको स्वास्थ्य मन्त्रालयले संक्रमितको संख्या ६०६ पुगेको पुष्टि गरेको छ।

संक्रमणका कारण अहिलेसम्म भारतमा १० जनाको मृत्यु भएको जनाइएको छ।

कोभिड-१९ को संक्रमण फैलिन नदिन भारत सरकारले देशभर तीन साताका लागि बन्दाबन्दी (लकडाउन) गरेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिजो (मंगलबार) २१ दिनको बन्दाबन्दी घोषणा गरेका थिए।

प्रतिकृया दिनुहोस