थप समाचार बुधबार, चैत १२, २०७६

कोरोना जोखिममा प्रहरी अधिकृतलाई चौरमै दर्ज्यानी चिह्न

हिमालखबर

कोरोना जोखिममा प्रहरी अधिकृतलाई चौरमै दर्ज्यानी चिह्न

कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम न्यूनीकरण गर्न प्रहरी प्रधान कार्यालयले प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिह्न दिने कार्यक्रम खुला चौरमा आयोजना गरेको छ।

प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति भएका वरिष्ठ प्रहरी अधिकृतहरुलाई बुधबार प्रहरी मुख्यालय नक्सालमा आयोजित कार्यक्रमबीच दर्ज्यानी चिन्ह लगाइदिएका हुन्। यसअघि यस्तो कार्यक्रम हलमा हुन्थ्यो।

प्रहरी अतिरिक्त महानिरीक्षकहरु तारिणी प्रसाद लम्साल, शैलेश थापा क्षेत्री र हरिबहादुर पालले दर्ज्यानी चिह्न ग्रहण गरेका हुन्।

मन्त्रिपरिषद्को ९ चैतको बैठकले उनीहरूलाई प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति गरेको थियो।

प्रतिकृया दिनुहोस