समाचार बुधबार, चैत १२, २०७६

बेलायतका युवराज चार्ल्समा कोरोनाभाइरस संक्रमण

हिमालखबर

बेलायतका युवराज चार्ल्समा कोरोनाभाइरस संक्रमण
युवराज चाल्र्स र क्यामिला । तस्वीरः इन्टरटेनमेन्ट डेली

बेलायतका युवराज चार्ल्समा कोरोनाभाइरसको संक्रमण पाइएको छ।

बीबीसीका अनुसार, ७१ वर्षीय चार्ल्समा खोकीको लक्षण देखिएपछि उनको परीक्षण गरिएको थियो।

“तर, उहाँको अवस्था सामान्य रहेको छ”, उनका प्रवक्ताले भनेका छन्।

प्रिन्स चार्ल्समा कोरोना संक्रमण देखिए पनि उनकी पत्नी क्यामिला पार्करमा भने संक्रमण नभेटिएको बताइएको छ।

हाल चार्ल्स दम्पती स्कटल्याण्डस्थित बालमोरलमा सेल्फ आइसोलेशनमा रहेको जनाइएको छ।

प्रतिकृया दिनुहोस