कला/साहित्य बुधबार, चैत १२, २०७६

बन्दाबन्दीमा 'रिदम ब्यान्ड'को फेसबुकमा लाइभ कन्सर्ट

हिमालखबर

बन्दाबन्दीमा 'रिदम ब्यान्ड'को फेसबुकमा लाइभ कन्सर्ट

बन्दाबन्दीमा घरभित्रै बसेर समय व्यवस्थापन गर्न गाह्रो भइरहेको छ ? यदि त्यो हो भने गायक दीपक बज्राचार्यको ब्यान्ड रिदमले हिजोदेखि यूट्युब र फेसबुकमा लाईभ कन्सर्ट गरिरहेको छ ।

फेसबुक तथा यूट्युवमार्फत कन्सर्ट गरिरहेका गायक बज्राचार्यले ‘समाजमा बसेर सरकारको यो निर्णयलाई साथ दिँदै घरमा मानसिक तनाव लिएर बसिरहनु भएका साथीहरूलाई मनोरन्जन दिनको लागि कन्सर्ट गरेको' बताएका छन् ।

बज्राचार्यले बन्दाबन्दी अवधिभर हरेक दिन लाईभ कन्सर्ट गर्ने बताए । अस्ट्रेलिया र न्युजिल्यान्डको दुई महिना लामो सांगीतिक भ्रमणमा निस्केको ब्यान्ड कोरोना भाइरस जोखिम बढेपछि दुई सातामै स्वदेश फर्केको थियो ।

यो ब्यान्ड एक सातादेखि ललितपुरको भैंसेपाटी स्थित ‘मेरो घर’मा क्वारेन्टाईनमा बस्दै आएको छ ।

फेसबुक लाइभ

प्रतिकृया दिनुहोस