समाचार बुधबार, चैत १२, २०७६

प्रतिनिधिसभाको बैठक २३ चैतका लागि सारियो

हिमालखबर

प्रतिनिधिसभाको बैठक २३ चैतका लागि सारियो

भोलि (१३ चैत) बस्ने तय भएको प्रतिनिधि सभाको बैठक २३ चैतसम्मका लागि सारिएको छ।

कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिम बढ्दै जाँदा यसअघि ६ चैतमा सूचना टाँस गरी १३ चैतसम्मका लागि बैठक स्थगित गरिएको थियो।

संघीय संसद सचिवालयका कार्यबाहक महासचिव गोपालनाथ योगीले बुधबार निकालेको सूचनामा प्रतिनिधि सभा नियमावली बमोजिम सभामुखले २३ चैत दिउँसो १ बजे बैठक निर्धारण गरेको उल्लेख छ।

 

प्रतिकृया दिनुहोस