थप समाचार बुधबार, चैत १२, २०७६

पाकिस्तानमा कोरोना संक्रमितको संख्या हजार नाघ्यो

हिमालखबर

पाकिस्तानमा कोरोना संक्रमितको संख्या हजार नाघ्यो

पाकिस्तानमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या एक हजार नाघेको छ। सरकारी तथ्यांक अनुसार, संक्रमितको संख्या एक हजार ३६ पुगेको छ।

त्यहाँ कोभिड-१९ का कारण ७ जनाको मृत्यु भइसकेको छ।

आज (बुधबार) पाकिस्तानको राजधानी इस्लामाबाद, खैबर पख्तुनख्वा र बलुचिस्तानमा गरी ४५ जना नयाँ संक्रमित बिरामी भेटिएका छन्।

पाकिस्तानमा कोभिड-१९ बाट सिन्ध प्रान्त सबैभन्दा बढी प्रभावित छ। त्यहाँ संक्रमितको संख्या ४१० छ।

संक्रमितमध्ये १६ जना उपचारपछि निको भएका बीबीसीले जनाएको छ।

प्रतिकृया दिनुहोस