समाचार बुधबार, चैत १२, २०७६

प्रधानमन्त्रीलाई गगन थापाको पत्रः यही तरिकाले यो संकटबाट पार पाउन सकिन्न

हिमालखबर

प्रधानमन्त्रीलाई गगन थापाको पत्रः यही तरिकाले यो संकटबाट पार पाउन सकिन्न

नेपाली कांग्रेसका युवा नेता एवम् गगन थापाले प्रधानमन्त्रीको नाममा खुला पत्र लेखेका छन् । संसदमा कोरोना संक्रमणबारे विशेष जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएर बहस गराएका सांसद थापाले प्रधानमन्त्रीको नाममा खुला पत्र लेखेका हुन् ।

सांसद थापाले कोरोना संक्रमणबाट जोगिन सरकारले लिएका निर्णयहरुको स्वागत गरेका छन् । तर, यतिले मात्रै कोरोना रोकथाम पर्याप्त हुन नसक्ने उनले उल्लेख गरेका छन् । लेखेका छन्, “यो महासंकटसँग जुध्ने क्रममा हामीले जे गरिरहेका छौं, यो पर्याप्त छैन । जसरी गरिरहेका छौं, यही तरिकाले यो संकटबाट पार पाउन सकिन्न ।”

सांसद थापाले स्थलगत र हवाई माध्यम भएर नेपाल आएकाहरुको आवश्यक चेकजाँच नगरिएको र उनीहरुलाई क्वारेन्टाइनमा नपठाउनुलाई सरकारको कमजोरी भनेका छन् ।

एक हप्ताका लागि गरिएको बन्दाबन्दी (लकडाउन) कै बेला कोरोना संक्रमणको व्यापक परीक्षण गरिनुपर्ने उनले सुझाव दिएका छन् । त्यसो गर्दा कोरोना रोकथाम गर्न र बन्दाबन्दीलाई थोरै खुकुलो बनाउन समेत सहयोग पुग्ने उनले उल्लेख गरेका छन् ।

सांसद थापाले सातै प्रदेशमा कोरोना चेकजाँच गर्ने व्यवस्था मिलाउन समेत माग गरेका छन् ।

गगन थापाले लेखेको खुलापत्रको पूर्ण पाठ

 

प्रतिकृया दिनुहोस