थप समाचार बुधबार, चैत १२, २०७६

बन्दाबन्दी (लकडाउन) मा वीरगञ्ज पुगेका ५२ जना क्वारेन्टाइनमा

हिमालखबर

बन्दाबन्दी (लकडाउन) मा वीरगञ्ज पुगेका ५२ जना क्वारेन्टाइनमा

सरकारले घोषणा गरेको बन्दाबन्दी (लकडाउन) का बेला वीरगञ्ज पुगेका ५२ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।

११ चैत राति ना ५ ख ९५५२ नम्बरको कन्टेनरमा वीरगञ्ज पुगेका उनीहरुलाई कोरोना भाइरसको संक्रमण भए नभएको जाँचका लागि क्वारेन्टाइनमा राख्न लागिएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले उनीहरुलाई कोरोना संक्रमण भए नभएको एकिन भएपछि मात्रै छोडिने बताए ।

कन्टेनर चालक कलैया–३ का शिवनारायण महरालाई भने कारबाही गरिने भएको छ । संक्रमण रोग ऐन–२०२० र स्थानीय प्रशासन ऐन–२०२८ अनुसार, कन्टेनर चालकलाई कारबाही हुनेछ । प्रहरीका अनुसार, कन्टेनरमा चालक र एक जना भारतीय नागरिक सहित ५३ जना आएका थिए ।

भारतीय बाहेक सबै बारा पर्सा, रौतहटका नागरिक हुन् । कामको शिलशिलामा चितवन लगायत जिल्ला पुगेका उनीहरु बन्दाबन्दीको समयमा कन्टेनरमा घर फर्किएका हुन् ।

-सुरेश बिडारी, वीरगञ्ज

 

प्रतिकृया दिनुहोस