कोरोना रोकथाम कोषमा एनसेलको रु.१० करोड
सरकारले बनाएको कोरोना रोकथाम, नियन्त्रण तथा उपचार कोषमा एनसेलले रु.१० करोड सहयोग गरेको छ ।
एनसेलले प्रदान गरेको सहयोग अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई), स्वास्थ्य सामग्री तथा कोरोना परीक्षण किट किन्न तथा क्वारेन्टाइनका साथै बिरामीको उपचारमा उपयोग हुनेछ ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत चोङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव नारायणप्रसाद बिडारीलाई चेक हस्तान्तरण गरे ।
रकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि कोष स्थापना गरेको छ । यो कोषमा स्वेच्छिक सहयोगको आग्रह गरेको सरकारले छुट्टै कोष स्थापना गर्न भने रोक लगाएको छ ।