समाचार बुधबार, चैत १२, २०७६

सर्वोच्चले सीमित सेवा मात्रै उपलब्ध गराउने

हिमालखबर

सर्वोच्चले सीमित सेवा मात्रै उपलब्ध गराउने

बुधबार बिहान सर्वोच्च अदालतको आकस्मिक पूर्ण बैठक बसेको छ । बैठकले ७ चैतको निर्णय समेत संशोधन गर्दै सीमित सेवा मात्र उपलब्ध गराउने निर्णय गरेको छ ।

७ चैतको पूर्ण बैठकले २१ चैतसम्म अति आवश्यक बाहेकका सेवा स्थगन गर्ने निर्णय गरेको थियो । बुधबार बिहान बसेको सर्वोच्चको पूर्ण बैठकले ७ चैत पछि परेका र यस अवधिमा पर्नसक्ने वन्दी प्रत्यक्षीकरणको निवेदनको सुनुवाई गर्ने निर्णय गरेको छ ।

बैठकले कोरोना महामारीसँग सम्बन्धित गम्भीर प्रकृतिका निवेदनहरुको भने कार्बाही र सुनुवाई गर्ने भएको छ ।

प्रतिकृया दिनुहोस