थप समाचार बुधबार, चैत १२, २०७६

कोरोना महामारीः ‘न्यूयोर्कमा बुलेट ट्रेनको गतिमा संक्रमण’

हिमालखबर

कोरोना महामारीः ‘न्यूयोर्कमा बुलेट ट्रेनको गतिमा संक्रमण’

अमेरिकाको न्यूयोर्क राज्यका गभर्नर एण्ड्रू कोमोले कोरोना (कोभिड–१९) को संक्रमण बुलेट ट्रेन भन्दा पनि तीव्र गतिमा फैलिएको बताएका छन् ।

उनले संघीय सरकारसँग स्वास्थ्य सामग्री आपूर्तिका लागि अपिल गर्दै कोरोना संक्रमणको गति तीव्र रुपमा फैलिएको बताए ।

सोचेको भन्दा उच्च र चाँडो संक्रमण दर बढेको उनले बताएका छन् । संघीय सरकारले आवश्यक सहयोग नगरेको उनको भनाइ छ । ३० हजार भेन्टिलेटर आवश्यक रहेकामा संघीय सरकारले चार सय मात्रै पठाएको उनले बताए ।

अमेरिकामा ५४ हजार बढीमा कोरोनाको संक्रमण देखिएको छ भने ७८२ जनाको मृत्यु भइसकेको छ ।

प्रतिकृया दिनुहोस