समाचार बुधबार, चैत १२, २०७६

बन्दाबन्दी (लकडाउन) उल्लङ्घन गर्ने ३०२ सवारी साधन नियन्त्रणमा

हिमालखबर

बन्दाबन्दी (लकडाउन) उल्लङ्घन गर्ने ३०२ सवारी साधन  नियन्त्रणमा

सरकारले घोषणा गरेको बन्दाबन्दी (लकडाउन) उल्लङ्घन गर्ने ३०२ सवारी साधन राजधानी उपत्यकाका विभिन्न स्थानबाट प्रहरीले नियन्त्रणमा लिएको छ ।

ट्राफिक प्रहरी महाशाखाका अनुसार, बुधबार बिहान ८ बजेसम्म राजधानी उपत्यकाका विभिन्न स्थानबाट ३०२ सवारी साधन नियन्त्रणमा लिइएको हो ।

महाशाखाका प्रवक्ता जीवनकुमार श्रेष्ठका अनुसार, २६१ दुई पाङ्ग्रे र ४१ वटा चार पाङ्ग्रे सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको हो ।

घरबाट अनावश्यक रुपमा निस्केका सर्वसाधरणलाई पनि सम्झाएर घरतर्फ नै फर्काइएको छ । सरकारले अत्यावश्यक सेवा र पासका सवारी साधन मात्रै चल्न पाउने तथा अन्य सवारी साधनलाई नचलाउन र सर्वसाधारणलाई घरबाट ननिस्कन आग्रह गरेको छ ।

प्रतिकृया दिनुहोस