थप समाचार बुधबार, चैत १२, २०७६

चीनमा कोरोना भाइरस संक्रमण नियन्त्रणमा, इटालीमा एकै दिन ७४३ को मृत्यु

हिमालखबर

चीनमा कोरोना भाइरस संक्रमण नियन्त्रणमा, इटालीमा एकै दिन ७४३ को मृत्यु

चीनमा मंगलबार देशभित्रै संक्रमित भएका बिरामी फेला नपरेको त्यहाँको नेशनल हेल्थ कमिशनलाई उधृत गर्दै सिन्ह्वा समाचार समितिले जनाएको छ । मंगलबार फेला परेका सबै ४७ विदेशबाटै संक्रमित भएर आएका हुन् ।

चीनमा उपचाररत ४४७ संक्रमित मंगलबार उपचारपछि घर फर्किएका छन् । त्यहाँ विस्तारै बस र रेल सेवा सुरु गर्न थालिएको छ । कोरोना संक्रमणका कारण बन्दाबन्दी (लकडाउन) गरिएको वुहानको बस सेवा पनि नौ हप्तापछि आंशिक खोलिएको छ ।

चीन सामान्य अवस्थामा फर्किरहँदा इटालीमा भने संकट गहिरिएको छ । त्यहाँ मंगलबार मात्र २४ घन्टामा ७४३ जनाको मृत्यु भएको छ । मंगलबार मृत्यु हुनेको संख्या सोमबारको भन्दा १४१ जनाले बढी हो ।

इटालीमा ६ हजार ८२० जनाको मृत्यु भइसकेको छ । दोस्रो बढी संक्रमण फैलिएको युरोपको अर्को देश स्पेनमा पनि मृत्यु हुनेको संख्या दुई हजार ९९१ पुगिसकेको छ ।

 

प्रतिकृया दिनुहोस