समाचार बुधबार, चैत १२, २०७६

बागमती सरकारद्वारा १० करोडको उपचार कोष स्थापना

हिमालखबर

बागमती प्रदेश सरकारले कोरोना भाईरस उपचार कोषको स्थापना गरेको छ ।

प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले १० करोडको आपतकालीन कोषको स्थापना गरेको हो ।
कोषमा मुख्य मन्त्री र मन्त्रीहरु मन्त्रीहरुले आफ्नो एक महीनाको तलब जम्मा गरेका छन्।

विश्वभर फैलिएको यो रोग नियन्त्रणका लागि विशेष अभियान संचालनका लागि कोषको स्थापना गरिएको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेलले बताए ।

कोषमा रकम जम्मा गर्न सरकारले सबैलाई आग्रह पनि गरेको छ ।

प्रतिकृया दिनुहोस