समाचार मंगलबार, चैत ११, २०७६

नेपाल प्रहरीका तीन डीआईजीकाे एआईजीमा बढुवा

हिमालखबर

नेपाल प्रहरीका तीन डीआईजीकाे एआईजीमा बढुवा

नेपाल प्रहरीका तीन डीआईजीको एआइजीमा बढुवा भएकाे छ । मन्त्रिपरिषदको आइतबार बसेकाे बैठकले बढुवा गर्ने निर्णय गरेको हो ।

डीआईजीहरु तारणीप्रसाद लम्साल, शैलेस थापा क्षेत्री र हरिबहादुर पाल एआईजीमा बढुवा भएका हुन् ।

प्रहरी नियमावली अनुसार, गृह सचिवको अध्यक्षतामा रहेकाे बढुवा सिफारिस समितिले १५ फागुनमा बढुवा सिफारिस गरेको थियो ।

तर सिफारिस लगत्तै प्रधानमन्त्री केपी शर्मा  ओलीकाे स्वास्थ्यका कारण बैठक बस्न नसक्दा बढुवा राेकिएकाे थियाे। 

बढुवा भएका लम्साल प्रहरी प्रशिक्षण प्रतिष्ठान, क्षेत्री मानव स्राेत तथा प्रशासन र पालकाे अपराध अनुसन्धान तथा कार्य विभागमा पदस्थापन भएकाे छ। 

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख रहेका लम्साल हालका प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीका ब्याची हुन्। उनी २५ असार २०४७ मा सेवा प्रवेश गरेका थिए । 

यस्तै प्रहरी प्रवक्ता रहेका क्षेत्री र प्रहरीको विशेष ब्यूरोमा कार्यरत पाल १९ वैशाख, २०४९ मा प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका हुन्।

प्रहरी नियमावली २०७१ को नियम २७ अनुसार गृह सचिवको अध्यक्षतामा रहेको समितिमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव सदस्य र प्रहरी महानिरीक्षक सदस्य सचिव रहने ब्यवस्था छ।

एआईजीहरु पुष्कर कार्की, ठुले राई र धिरु बस्न्यातले २८ माघमा अनिवार्य अवकास पाएसँगै यी पदहरु रिक्त थिए।

 

 

सम्बन्धित समाचारः

प्रहरीका तीन डीआईजी एआईजी बढुवा सिफारिस

 

प्रतिकृया दिनुहोस