समाचार मंगलबार, चैत ११, २०७६

कोरोना भाइरसबाट अमेरिकामा एक नेपालीको मृत्यु

हिमालखबर

कोरोना भाइरसबाट अमेरिकामा एक नेपालीको मृत्यु

अमेरिकाको न्यूयोर्कमा एक नेपालीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।

उनी नजिकका स्रोतका अनुसार, एक हप्ता देखि अस्पतालमा उपचार गराइरहेका पाँचथर रानीगाउँका ५० वर्षीय अनिल लिम्बुको मृत्यु भएको हो । लिम्बुलाई कोरोनाको संक्रमण देखिएको थियो ।

नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्वाङले पनि लिम्बुको मृत्यु कोरोनाकै कारण भएको जनाएका छन् । अमेरिकामा कोरोना संक्रमणबाट ५८२ जनाको मृत्यु भइसकेको छ ।

१ मार्च देखि अमेरिकामा कोरोनाको संक्रमण देखिएको थियो । छोटो अवधिमै अमेरिकामा ४६ हजार बढीमा संक्रमण देखिसकेको छ । त्यस मध्ये एक हजार बढी गम्भीर बिरामी छन् ।

प्रतिकृया दिनुहोस