समाचार मंगलबार, चैत ११, २०७६

कोरोना राेकथामबारे छु्ट्टै कोष स्थापना गर्न नपाइने

हिमालखबर

कोरोना राेकथामबारे छु्ट्टै कोष स्थापना गर्न नपाइने

कोरोना रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको बैठकले विदेशमा रहेका नेपाली नागरिकको सुरक्षा गरिदिन कुटनीतिक पहल गर्ने निर्णय गरेको छ ।

नेपालमा रहेका विदेशी नागरिकको सुरक्षा सरकारले गरिरहेकाले विदेशमा रहेका नेपालीको सुरक्षा गरिदिन कुटनीतिक पहल गर्ने निर्णय गरेको हो ।

सम्बन्धित देशहरुमा रहेका दूतावास तथा नियोगहरुलाई नियमित सूचना प्रवाह गरी नेपाल सरकारले गरेका निर्णय र कदमबारे जानकारी गराउन पनि निर्देशन दिएको छ ।

त्यस्तै सीमा नाका बन्द गरेपछि अलपत्र परेकालाई एक पटक नेपाल प्रवेश गर्न दिइने निर्णय पनि भएको छ । कोरोना संक्रमणको जोखिम बढेको भन्दै सीमा नाका सोमबारदेखि बन्द गरिएको थियो ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक रकम सहयोग गर्न सरकारले कोष स्थापना गरेकाले अन्य कुनै निकाय वा संस्थाले छुट्टै कोष स्थापना नगर्न र यदि, गरिसकेको भए आफू मातहतको संघसंस्था वा व्यक्तिबाट मात्र रकम जम्मा गर्न भनेको छ ।

प्रतिकृया दिनुहोस