समाचार मंगलबार, चैत ११, २०७६

सीमामा अलपत्र नेपालीलाई अन्तिमपटक नेपाल प्रवेश गर्न दिइने

हिमालखबर

सीमामा अलपत्र नेपालीलाई अन्तिमपटक नेपाल प्रवेश गर्न दिइने
तस्वीर: अनलाइन रेडियाे नेपाल

नेपाल–भारत सीमामा अलपत्र परेका नेपालीलाई मंगलबार स्वदेश प्रवेश गर्न दिइने भएको छ।

अर्थ र सञ्चार तथा सूचना मन्त्री युवराज खतिवडाले सीमा क्षेत्रमा अलपत्र नेपालीलाई नागरिकतालगायत कागजपत्र हेरेर नेपाल प्रवेश गर्न दिने निर्णय भएको जानकारी दिए।

मंगलबार बसेको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले गरेका निर्णय सुनाउँदै खतिवडाले नेपाल प्रवेशको अन्तिम मौका दिने निर्णय भएको बताए ।

नेपाल प्रवेश गर्नेहरू सबैले अनिवार्य १४ दिन क्वारेनटाइनमा बस्नुपर्ने मन्त्री खतिवडाले जानकारी दिएका छन्। नेपाल प्रवेश गर्न सोमबार राति उनीहरु नाकामा आइपुगेका थिए।

प्रतिकृया दिनुहोस