थप समाचार मंगलबार, चैत ११, २०७६

राष्ट्रियसभा उपाध्यक्ष दाहालद्वारा कोषमा एक महिनाको पारिश्रमिक प्रदान

हिमालखबर

राष्ट्रियसभा उपाध्यक्ष दाहालद्वारा कोषमा एक महिनाको पारिश्रमिक प्रदान

राष्ट्रिय सभा उपाध्यक्ष शशिकला दाहालले सरकारले स्थापना गरेको “कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोष” मा एक महिनाको पारिश्रमिक प्रदान गरेकी छिन् ।

संघीय संसद सचिवालयको आर्थिक प्रशासन शाखालाई आफ्नो सरकारी सुविधाबाट प्राप्त एक महिनाको तलब कोषमा जम्मा गरिदिन भनेको उपाध्यक्ष दाहालले बताइन् ।

यसअघि सोमबार सभामुख अग्नीप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि एकएक महिनाको पारिश्रमिक प्रदान गर्ने घोषणा गरेका थिए ।

कोरोना भाइरस (कोभिड–१९) रोगको संक्रमणलाई फैलन नदिन तथा रोकथाम एवं नियन्त्रणका लागि नेपाल सरकारले राष्ट्रिय वाणिज्य बैंक सिंहदरवार शाखाको खाता नम्बर १९६०००००११०१ मा रकम जम्मा गर्न अपिल गरेको छ ।

प्रतिकृया दिनुहोस