समाचार मंगलबार, चैत ११, २०७६

चितवनमा मृत्यु भएका बिरामीलाई कोरोनाभाइरस पुष्टि भएको छैन: अस्पताल

हिमालखबर

चितवनमा मृत्यु भएका बिरामीलाई कोरोनाभाइरस पुष्टि भएको छैन: अस्पताल

चितवनको भरतपुरस्थित कोरोना विशेष अस्थाई अस्पतालको आइसोलेसनमा मृत्यु भएका बिरामीलाई लुपेस रहेको अस्पतालले जनाएको छ।

अस्पतालका प्रवक्ता डा. भोजराज अधिकारीले जारी गरेको विज्ञप्ति अनुसार लुपेस नामको रोगका कारण बिरामीको मृगौला कमजोर भएर मृत्यु भएको जनाइएको छ । मृत्यु हुनेमा वीरगञ्ज जगन्नाथ पुरका ३० वर्षीय एक युवक रहेको अस्पालले जनाएको छ।

"लुपेस भन्ने रोगले मृगौलासमेत कमजोर भएको अवस्थामा ज्वरो र निमोनियाको लक्षण भई चितवन मेडिकल कलेजबाट रिफर भई कोभिड१९ को आशंकामा आउनु भएको थियो । राती १० बजे भर्ना गरिएको उक्त बिरामीको स्वाब (नमुना कलेक्सन) १० गते नै काठमाडौं पठाइएको छ" अस्पतालले भनेको छ ।

उनलाई कोरोना विशेष अस्पतालको आईसीयूमा राखेर उपचार गरिएको  र मंगलबार बिहान साढे नौ बजे उनको मृत्यु भएको जनाइएको छ ।

काठमाडौंबाट नमूना परीक्षणको रिपोर्ट नआएसम्म शवलाई हस्तान्तरण नगरि आईसोलेसनमा राखिएको अस्पतालले जनाएको छ ।

प्रतिकृया दिनुहोस