थप समाचार मंगलबार, चैत ११, २०७६

अमेरिकी ब्यापार छिट्टै नखुले कोरोनाभाइरसले भन्दा डिप्रेसनले आत्महत्या गर्ने धेरै हुनेछन् : ट्रम्प

हिमालखबर

अमेरिकी ब्यापार छिट्टै नखुले कोरोनाभाइरसले भन्दा डिप्रेसनले आत्महत्या  गर्ने धेरै हुनेछन् : ट्रम्प

अमेरिकी राष्ट्रपति र डोनाल्ड ट्रम्पले मृत्युबाट जोगिनका लागि बनाइएको सामाजिक दूरी (सोसल डिस्ट्यान्सीङ) को नियमले अमेरिकालाई कोरोनाभाइरुसको संक्रमणले भन्दा धेरै ठूलो क्षति गर्ने बताएका छन् ।

उनले आर्थिक र सामाजिक उदासीनताबाट हुनसक्ने "ठूलो मृत्यु" लाई रोक्नको लागि कोरोनाभाइरसका कारण बनाइएको सामाजिक दूरी (सोसल डिस्ट्यान्सीङ) को नियमलाई छिट्टै अन्त्य गर्नु पर्ने बताएका हुन् ।

"मानिसरू अत्यन्त चिन्तित र उदासिन छन् । जब अर्थव्यवस्था भयानक ढंगले कमजोर हुन्छ तपाईं आत्महत्या गर्नुहुन्छ, तपाईको मृत्यु हुन्छ" ट्रम्पले सोमबार ह्वाइट हाउसको दैनिक प्रेस ब्रीफिंगमा भनेका छन् "यो निश्चित रुपमा हामीले भाइरसको बारेमा कुरा गरिरहेको भन्दा धेरै ठूलो संख्यामा हुनेछ ।”

"कठिनाईको अन्त्य हुनेछ, यो एकदम चाँडै सकिएर जीवन सामान्य हुनेछ," ट्रम्पले भने "पन्ध्र दिने चुनौतीमा अब हामीलाई एक हप्ता समय बिताउनु पर्नेछ ।" उनले त्यो भन्दा बढी समय लकडाउनमा बिताउनु परे त्यो अमेरिकाका लागि दुर्भाग्य हुने बताए ।

"यो एक चिकित्सा समस्या थियो, हामी यसलाई लामो समयसम्म चल्ने आर्थिक समस्यामा परिणत हुन दिने छैनौं," उनले जोड दिएर लकडाउन र क्वेरान्टाइनबाट पीडित अमेरिका भरिका श्रमिक र कर्मचारीका लागि २ खरब डलरको प्रोत्साहन बिल तत्काल विना पक्षपात पारित गर्न कंग्रेसलाई आग्रह गरे ।

ट्रम्पले अमेरिका बाहिरबाट होस् वा आन्तरिक कुनै पनि यातायात थप प्रतिबन्धको पक्षमा आफू नरहेको बताएका छन् ।

उनले आजको प्रेस ब्रीफिङमा पनि एसियाली वा अमेरिकी कसैको पनि कोभिड१९ फैलिनु दोष नरहेको दोहर्‍याएका थिए ।

उनले मिडिया र डेमोक्रेटहरूको आलोचना गरे पनि कोरोनाभाइरसलाई "चिनियाँ भाइरस" भने भनेनन् ।

  • एजेन्सी

प्रतिकृया दिनुहोस