समाचार मंगलबार, चैत ११, २०७६

कांग्रेसद्वारा लकडाउनको स्वागत, सांसदको १५ दिनको तलब उपचार कोषलाई दिने

हिमालखबर

कांग्रेसद्वारा लकडाउनको स्वागत, सांसदको १५ दिनको तलब उपचार कोषलाई दिने

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोगको संक्रमणलाई फैलन नदिन तथा सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपाल सरकारले लिएको लकडाउन गर्ने निर्णयको स्वागत गरेको छ । कांग्रेसले यो निर्णयलाई पूर्ण रुपले पालन गर्न सबैलाई अनुरोध समेत गरेको छ ।

साथै आफ्ना संसदका सदस्यको तलब समेत सरकारले खडा गरेको उपचार कोषमा दिने निर्णय कांग्रेसले गरेको छ । "नेपाली कांग्रेस संसदीय दलले नेपाल सरकारद्वारा स्थापना गरिएको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण उपचार कोषलाई सहयोग स्वरुप नेपाली कांग्रेसका संघीय संसदमा प्रतिनिधित्व गर्नुहुने माननीय सदस्यज्यूहरुको १५ दिनको पारिश्रमिक (तलब) बराबरको रकम  दिने निर्णय गर्दछ," जारी विज्ञप्तिमा भनिएको छ ।

साथै कांग्रेसले लकडाउनको अवस्थामा दैनिक श्रम गर्दै जीवन निर्वाह गर्ने श्रमिकहरुलाई जीवनयापन गर्न कठिनाई हुने भएको हुँदा सहजरुप खाद्यान्न उपलब्ध गराउने व्यवस्थाका लागि नेपाल सकारसँग आग्रह समेत गरेको छ ।

कांग्रेसको विज्ञप्ति:

प्रतिकृया दिनुहोस