ग्लोबल आइएमई बैंकले कोरोनाविरुद्ध लड्न रु. १ करोड १५ लाख सहयोग गर्ने
कोभिड –१९ विरुद्ध लड्न ग्लोबल आइएमई बैंकले सरकारले घोषणा गरेको “कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण कोष” मा रु.१ करोड सहयाेग गर्ने भएकाे छ ।
साथै बैंकले “कान्तिपुर कोभिड–१९ रोकथाम” कोषमा पनि रु १५ लाख सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।
विश्वभर महामारीको रुप लिएको कोभिड – १९ बाट नेपाल र नेपाली पनि उच्च जोखिममा रहेको वर्तमान अवस्थामा यस भाइरसविरुद्ध लड्न थप प्रेरणा र सहयोग हुने विश्वास बैंकले लिएको छ ।
बैंकले आज साेमबार प्रेस विज्ञप्ती जारी गर्दै साे कुरा उल्लेख गरेकाे हाे ।