समाचार मंगलबार, चैत ११, २०७६

भारतले लगायो आन्तरिक उडानमा समेत रोक

हिमालखबर

भारतले लगायो आन्तरिक उडानमा समेत रोक

कोरोनाभाइरसको संक्रमण बढ्न थालेपछि भारत सरकारले आन्तरिक उडानमा समेत रोक लगाउने निर्णय गरेको  छ ।

आइतबारदेखि लागू हुने गरि सबै अन्तर्राष्ट्रिय उडान अवतरणलाई रोक लगाएको भारतले कोरोनाभाइरसको संक्रमणका बिरामी बढेसँगै आन्तरिक उडानलाई समेत बन्द गर्ने निर्णय गरेको हो ।

मंगलबार मध्यरातीबाट लागू हुनेगरी भारतीय सरकारले यस्तो निर्णय गरेको हो । भारतले उडान सँगै रेल र सार्वजनिक यातायातका अरू साथधमा समेत रोक लगाएको छ ।

अहिलेसम्म भारतमा कोरोनाभाइरसका कारण ९ जनाको मृत्यु भएको  छ भने ४ सय २९ जनामा संक्रमण देखिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

प्रतिकृया दिनुहोस