समाचार सोमबार, चैत १०, २०७६

गन्डकी प्रदेशमा भोलिदेखि सार्वजनिक यातायात र ओपीडी सेवा बन्द

हिमालखबर

गन्डकी प्रदेशमा भोलिदेखि सार्वजनिक यातायात र ओपीडी सेवा बन्द
गण्डकी प्रदेश कार्यालय । तस्वीरः गण्डकी प्रदेशको फेसबुक

कोरोना भाइरस (कोभिड १९) संक्रमण जोखिम न्यूनिकरणका लागि गन्डकी प्रदेश सरकारले भोलिदेखि सात दिनसम्म सार्वजनिक यातायात र हस्पिटलको ओपीडी सेवा बन्द गर्ने निर्णय गरेको छ ।

प्रदेश सरकारले सर्वसाधारणलाई अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन समेत अनुरोध गरेको छ ।

अस्पतालमा ओपीडी सेवा बाहेक इमरजेन्सी, फार्मेसी सेवा सुचारु हुने क्षेत्रीय स्वास्थ्य निर्देशनालयका प्रमुख विनोद बिन्दु शर्माले जानकारी दिएका छन् ।

हिमालखबरसँग उनले भने ‘अहिलेलाई एक हप्तासम्म बन्द गर्ने निर्णय गरेका छौं । त्यसपछि अवस्था हेरेर पुनःनिर्णय गर्छौं ।

प्रतिकृया दिनुहोस